काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले अपहरणको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी नगरपालिका–६ घर भएका ३७ वर्षीय धिरोज श्रेष्ठ र चाँगुनारायण नगरपालिका–१ की २० वर्षीया रसिला अवाल छन्।
उनीहरुले चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने निरमान भोम्जनकी श्रीमतीलाई असोज १५ गते डरत्रास देखाई अपहरण गरी बन्धक बनाएको प्रहरीले दाबी गरेको छ।
अपहरण गरी बन्धक बनाएर रसिलाको चाँगुनारयणस्थित घरमा राखेको अवस्थामा १७ गते महिलाको उद्दार गरिएको प्रहरीले दाबी गरेको छ।
पक्राउ परेका दुबै जनालाई काठमाडौं जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।