काठमाडौं- प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
बूढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मोरङ विराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदीप लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रदीपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो।
गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।