काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट ५ दशमलव ४१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा करसमेत गरी उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।