काठमाडौं– लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने ७ लाख कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानिय बासिन्दालाई र २० प्रतिशतले हुने १४ लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्ने तयारी गरेको हो।
हाल कम्पनीको अधिकृत पूँजी ९० करोड रुपैयाँ, जारीपूँजी ७० करोड रुपैयाँ र चुक्तापूँजी ४९ करोड रुपैयाँ रहेको छ। स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुमा सेयर निष्कासन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिचो गाउँपालिकामा १३ मेगावाट क्षमता भएको लोअर इर्खुवा जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ।
कम्पनीले सेयर निष्कासनसम्बन्धी काम गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ।
सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।