फाइल तस्बिर
काठमाडौं- संखुवासभा जिल्ला अदालत, चैनपुरले मादी नगरपालिका १ उमलिङका तेजकुमार कार्कीसमेत एकै परिवारको ६ जनाको हत्या गरेको घटनामा पक्राउ परेका चार जनालाई पुर्पक्षको लागि थुनामा र एक जनालाई बालसुधार गृह पठाएको छ।
सरकारी वकिल कार्यालय संखुवासभा, चैनपुरले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा अदालतले सोमबार पक्राउ परेकामध्ये खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षको लागि थुनामा पठाएको हो।
यस्तै, बाल विज्याई कर्ता परिवर्तित नाम ‘संखुवासभा १’ लाई बालसुधार गृह विराटनगर पठाउने आदेश भएको सुचना अधिकृत शुभेश अधिकारीले जानकारी दिए।
गत भदौ १९ गते मादी नगरपालिका–१ खोला गाउँका तेजको परिवारका ६ जना सदस्यको राति हत्या गरिएको थियो। स्थानीयले सोमबार बिहान बारीमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।