काठमाडौं- यार्सागुम्बा जस्तो देखिने अन्दाजी ९६० ग्राम जडिबुटीसहित रसियन नागरिक पक्राउ परेका छन्।
सोमबार बिहान ९:०० बजेतिर फ्लाइ दुवाईको फ्लाइट नम्बर एफजेट ५७२ मार्फत् काठमाडौंबाट दुवई हुँदै रसिया जान लागेकी ५५ वर्षिय रसियन नागरिक जाल्टा शेन्जेर पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार उनले लिएर आएको कालो रंगको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ‘होल्ड ब्यागेज’ चेकिङ एरियाको एक्से नम्बर २ मा स्क्यान गर्ने क्रममा विभिन्न कपडाहरुभित्र उक्त बस्तु फेला परेको थियो।
बरामद जडिबुटीसहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार, काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।