काठमाडौं– 'बिकिनी किलर'को रुपमा चिनिने अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।
न्यायाधीश मीरा खड्काको इजलासले पहिलो सुनुवाई गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो। शोभराजले आफ्नो रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। अमेरिकी नागरिकको हत्या अभियोगमा दोषी ठहर भएका उनी जेलमा रहेका छन्।
उनी २०८० असोज १ गतेसम्मम जेलमै बस्नुपर्ने छ। शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि जेलमा छन्।
०३२ सालमा अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो।
यसबीचमा ०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानडेली नागरिकको ०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्म कैदको सजाय सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।