काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका प्रहरी कार्यालयले २०७ जना पाकेटरमार पक्राउ गरेका छन्। भदौ २५ गतेदेखि असोज १५ गतेसम्म गरी २० दिनको अवधिमा राजधानीका विभिन्न ठाउँबाट २०७ जना पाकेटमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उपत्यकाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनिय र मजबुत बनाई जनजीवन सामान्य तुल्याउने उदेश्यका साथ चाडबाड लक्षित गरी विशेष अभियान सञ्चान गरी २०७ जना पाकेटमारलाई पक्राउ गरिएको परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए।
हाल पक्राउमा परेका पाकेटमारहरुले सार्वजनिक यातायात, सपिङ मल, मुख्य–मुख्य बजारहरुमा केन्द्रीत हुँदै पाकेट मार्ने गरेको प्रहरीले बताएको छ।
पाकेटमारहरुले झोला, नगद, मोबाइल, गरगहनाहरु चोरी गर्ने गरेका थिए। २०७१ जना पक्राउ परेका मध्ये अहिले १६१ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ४६ जना पुर्पक्षका लागि कारागार समेत चलान भइसकेका छन्।
सार्वजनिक यातायातहरुमा २–२ जनाको दरले ६ जनाको सम्मको समूह बनाएर चढ्ने र पैसा भएको यात्रु पत्ता लगाई चारैतिरबाट घेराबन्दी, ठेलमठेलको अवस्था बनाएर पाकेट मार्ने गरेको प्रहरीले जनाएके छ।
पाकेटमारहरुले सांकेतिक भाषाको प्रयोगसमेत गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरुले पैसालाई 'द, मोबाइललाई कान, पाकेटमारी पीडितलाई रामे, पाकेटमारी गर्नेलाई काशी, पैसा धेरै भएकालाई टानको द, पैसा थोरै हुनेलाई जुटको द, गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई ठुल्दाई, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भागलाई टप्की, गाडीभित्र अगाडि सरलाई अकल जा गाडिभित्र पछाडी सरलाई चिछल जा' भन्ने गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।