काठमाडौं– आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६. ३१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
लघुवित्त सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।