• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले विधान महाधिवेशनको अन्तिम दिन: प्रतिवेदनहरु पारित, ओलीका तीन नारासँगै समापन

64x64
नेपाल लाइभ आइतबार, असोज १७, २०७८  २२:१८
1140x725

काठमाडौं– नेकपा एमालेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म चलेको थियो। पहिलो दिन प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरुको आइतबार तीनै जनाले जवाफ दिएका थिए। जवाफपछि महाधिवेशनमा प्रस्तुत गरिएका तीनवटै प्रतिवेदन पारित गरिएको छ।

प्रतिवेदनहरुमाथि छलफलका लागि शुक्रबारै १० वटा समूह गठन गरिएका थिए। ती समूहमा शनिबार बिहान साढे ८ बजेदेखि छलफल भएको थियो। सोही दिन दिउँसोको पूर्ण सत्रमा समूहका अध्यक्षले समूह छलफलको निष्कर्ष रिपोर्टिङ गरेका थिए। शनिबार ५ र आइतबार ५ समूहका अध्यक्षले रिपोर्टिङ गरेका हुन्।

आइतबार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएपछि पौडेलले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नका जवाफ दिएका थिए। उनले एमालेको पदाधिकारीको संख्या १५ पुर्‍याइने बताए। शुक्रबार उनले प्रस्तुत गरेको प्रस्तावमा यो संख्या १३ मात्रै थियो। अब एमालेमा अध्यक्ष १ जना, वरिष्ठ उपाध्यक्ष १ जना, उपाध्यक्ष ४ जना, महासचिव १ जना, उपमहासचिव १ जना र सचिव ७ जना हुनेछन्।

त्यस्तै, उनले ७० वर्षे प्रावधानको पनि व्याख्या गरेका छन्। यसअघि ७० वर्षे प्रावधान अपनाइएको र त्यसलाई निरन्तरता दिइएको भए पनि पछिल्लो समय फरकफरक व्याख्या हुँदै आएको थियो। । 'कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकाल भरी आफ्नो पदमा रहेर कार्य गर्न पाउने खालको व्यवस्था गर्नुपर्छ', पौडेलले भने।

प्रथम विधान महाधिवेशनबाट विभिन्न कमिटीमा रहने सदस्य संख्या पनि टुंगो लगाएको छ। अब एमालेको केन्द्रीय कमिटीमा २२५ जना, स्थायी कमिटीमा ४५ जना, अनुशासन आयोगमा १५ जना (अध्यक्ष, उपाध्यक्ष र सचिवसहित), निर्वाचन आयोगमा १५ जना (अध्यक्ष, उपाध्यक्ष र सचिवसहित), लेखा आयोगमा १५ जना (अध्यक्ष, उपाध्यक्ष र सचिवसहित) हुनेछन्। त्यस्तै, प्रदेश कमिटीमा ५० जना आधार संख्या र सो प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले थप सदस्य रहनेछन्। जिल्ला कमिटीमा पनि आधार संख्या ५०  र १ निर्वाचन क्षेत्र बराबर थप १५ जना रहनेछन्। पालिका कमिटी पनि आधार संख्या ५०  र एउटा वडा बराबर थप ५ जना सदस्य रहनेछन्। वडा कमिटी ३१ सदस्यीय हुनेछ।

एमालेले आफ्नो लोगो पनि परिवर्तन गरेको छ। यसअघि एमालेमा सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा 'सीपीएन युएमएल' लेखिएको र आयतकारभित्र हँसिया हथौडा सहितको लोगो थियो। सूर्य चिह्नभित्र रातो पृष्ठभूमि थियो। नयाँ लोगोमा भने सूर्य चिह्नभित्र सुनौलो रङको हँसिया हथौडा छ। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो नै यथावत् छ।

महासचिव पोखरेलले आफूले प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै जनताले पत्याएकाहरु नेता मात्रै कम्युनिस्ट पार्टीको नेतृत्वमा पुग्न सक्ने बताए। 'विधान महाधिवेशनको हलमा म विश्वास दिलाउन चाहन्छु। कम्युनिस्ट पार्टीका जुनसुकै तहका नेताहरु, जनतामा स्थापित भएका, जनताले चिनेका, जनताले पत्याएका, जनताको नजरमा स्थापित भएका व्यक्तिहरु नै कम्युनिस्ट पार्टीको नेतृत्वको जिम्मेवारीमा पुग्न सक्छन्', उनले भने, 'त्योभन्दा फरक ढंगले कहीँ थोपरेर, कसैको नातागोताको आधारमा, कहीँ भनसुनको आधारमा, प्रलोभनका आधारमा नेता बनाउने कुरा हुँदैन।'

उनले पार्टीलाई व्यवस्थित गर्न विचारमा एकरुपमा हुन जरुरी रहेको बताए। 'पार्टी विचारमा एकरुपता हुनुपर्छ। विचारमा एकरुपता भएन भने पार्टी पार्टी जस्तो हुँदैन, स्वार्थ समूह हुन्छ भन्ने आशयबाट जुन कुरा आएको छ, त्यो अत्यन्तै मननयोग्य छ,' उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष ओलीले पनि आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिए। उनले सधैंजस्तो विपक्षीहरुमाथि प्रहार गरे, आफ्नो बढाइचढाइ गरे र कार्यकर्ताहरुलाई भरोसा दिलाए। 'मैले व्यक्तिगत रुपमा होइन, एमालेको अध्यक्षको रुपमा भन्दैछु। मलाई लाग्छ, बहुमतमा पुर्‍याएर, मधुकैटभले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्नेछु', उनले भने।

महाधिवेशनस्थलमा ब्यानरदेखि पानीको बोतलमा समेत ओलीलाई प्राथमिकता दिइएकोमा भइरहेको आलोचनालाई पनि उनले खण्डन गरे। 'नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिएको रे, झन्डा देखियो रे, अलिक तामझाम देखियो रे, नेतृत्वको विरुद्धमा होइन समर्थनमा कार्यकर्ता बोलेको देखियो रे। अनि छाती पिट्छन् विरोधीहरु। यो हाम्रा विरुद्धको हमलाको विभिन्न रुप हो। हामी व्यक्तिपूजक होइनौं। मूर्तिपूजक होइनौं। हामी धर्मान्धतामा विश्वास गर्दैनौं', उनले भने।

महाधिवेशनले १६ वटा समसामयिक प्रस्तावहरु पनि पारित गरेको छ। महाधिवेशन हलमा अध्यक्ष मण्डलका तर्फबाट सदस्य रघुजी पन्तले प्रस्तुत गरेका समसामयिक प्रस्तावहरु पारित भएको हो। ‘यो महाधिवेशन अनेकौं प्रतिकूलताका बीचमा पनि करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरेर राजनीतिक द्वन्द्वहरुलाई अन्त्य गर्ने, संविधान र संघीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानलाई उचो पार्ने, रणनीतिक महत्वका पूर्वाधार लगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्ने जस्ता महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा केपी शर्मा ओलीको नेतृत्वको पूर्ववर्ती सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। अदालतको परमादेशद्वारा सरकारबाट बाहिरिनु परे पनि जनादेशका माध्यमबाट पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रुपान्तरणको अभियानलाई निरन्तरता दिने संकल्प गर्दछ’, पारित प्रस्तावमा भनिएको छ।

महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ। जसमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओलीले अन्तिममा समापन सम्बोधन गरेसँगै महाधिवेशन समापन भएको हो। उनले पौने दुई महिनाभित्र अर्को महाधिवेशन (राष्ट्रिय महाधिवेशन) गर्ने बताए। त्यसको उद्घाटन सत्रमा अर्को अभूतपूर्व ढंगको मानवसागर नेपालको सन्दर्भमा दुनियाँले देख्ने उनले बताए। उनले पार्टीको दशौं महाधिवेशन बुटवलमा हुने पनि सुनाए। 'महाधिवेशन बुटवलमा गर्नेछौं',  ओलीले भने, 'अत्यन्तै भव्यताका साथ।' एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने निर्णय भएको छ। यसअघि एमालेले आठौं महाधिवेशन पनि बुटवलमै गरेको थियो।

समापन सम्बोधनको अन्तिममा ओलीले नारा लगाउँदै सहभागीको साथ लिएका थिए। उनले 'एमाले एकता अमर रहोस्', 'अमर सहिदहरु लालसलाम' र 'नेकपा एमाले जिन्दावाद' नारा लगाउँदै गर्दा सहभागीहरुले त्यसलाई दोहोर्‍याएका थिए।
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २२:१८
  • #एमाले_विधान_महाधिवेशन_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्