काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नै आन्दोलन र उपलब्धिलाई बन्चरो प्रहार गर्ने काम भएको बताएका छन्।
प्रथम विधान महाधिवेशनमा पेस आफ्नो राजनीतिक प्रतिवेदनमा उठाइएका सुझावको जवाफ दिने क्रममा ओलीले यस्तो बताएका हुन्। ‘पार्टीभित्र समस्या खडा गरियो। केही स्वार्थी र महत्वाकांक्षी, कुण्ठाग्रस्त मानिसहरुका कारणले,’ उनले भने,‘आन्दोलन र उपलब्धिलाई बन्चरो प्रहार गर्ने काम भयो। के बिग्रेको थियो र त्यस्तो बदनाम गर्ने काम भयो। आरोपपत्र पेस गरेर बदनाम गरियो।’
ओलीले पार्टीमा बिग्रेका मानिस छाडेर गएका टिप्पणी गरे। सप्रिएका मानिसहरु भने अहिले पार्टीमै रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।