काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेकपा एमालेमाथि चौतर्फी हमला भइरहेको बताएका छन्।
ललितपुरमा जारी विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आएका सुझावलाई समेटेर जवाफ दिने क्रममा उनले अहिले पार्टीमाथि चौतर्फी हमला भइरहेको बताए।
'यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ। हामीले ती विविध प्रकारका हमला वैचारिक र अरु प्रकारका हमला भएको छ। विचार र संगठनमाथि हमला भएको छ,' ओलीले भने।
ओलीले २०७४ को संसदीय निर्वाचनबाट आफूहरु जितेर आएको र फेरि पनि जित्ने दाबी गरे। 'हामी जितेर आएका छौं, फेरि पनि हामी जित्ने छौं। भविष्यमा एकदिन जित्ने छौं भन्ने होइन अब हामी जित्ने छौं,' ओलीले भने।
ओलीले सानातिना चुनौती र साना धक्काले एमालेको दीर्घकालीन भविष्यमा कुनै असर नपार्ने टिप्पणी गरे। 'सानातिना कुरा, चुनौती र साना धक्का र हावाका झोक्काले हाम्रो दीर्घकालीन भविष्यमा कुनै असर पार्दैन र पार्न दिनु हुँदैन,' ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।