• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ शक्ति : न नयाँ, न शक्ति

64x64
किशोर दहाल मंगलबार, जेठ २९, २०७५  १५:३४
1140x725

दुई वर्षअघि दशरथ रंगशालामा हजारौंले एकसाथ सपथ खाँदै भनेका थिए- 'म नयाँ शक्तिको सदस्य भएकोमा गर्व गर्छु।' तर, त्यसरी गर्व नै गर्छु भनेर सपथ खाने धेरै चिनिएका अनुहार नै गर्व गर्न नसकेर अहिले नयाँ शक्तिको साथमा छैनन्। केही पुराना पार्टीतिरै फर्किसकेका छन् भने केही 'झन् नयाँ' शक्तितिर गइसकेका छन्। पार्टी झनै कमजोर बन्दै गएको छ। जसले गर्दा मुख्यगरी बाबुराम भट्टराईले नयाँ पार्टीलाई माध्यम बनाएर पूरा गर्ने भनेका सपना झन्-झन् अनिश्चित बन्दै गएको छ।

जुन खालको राजनीतिक परिदृश्यलाई आधार बनाएर भट्टराईले नयाँ शक्तिको परिकल्पना गरेका थिए, त्यही परिदृश्य नै बलियो बनेर देखापरेको छ। विशेषगरी एमाले र माओवादीबीच एकता भएपछि र जनतामा उनीहरुप्रति व्यापक आशा प्रकट भएपछि नयाँ शक्ति जस्ता वैकल्पिक शक्ति भनिएका दलको भविष्य कस्तो हुन्छ भन्ने अनुमान गर्न कठिन छ। तर, अहिलेसम्मको नयाँ शक्तिको यात्रा खासै उत्साहप्रद छैन। उत्साहप्रद नदेखिएको यथार्थ उनीहरुको चुनावी उपलब्धि मात्रै होइन, राजनीतिमा उनीहरुले बिताइरहेको क्षण र एजेन्डाविहीनताले नै पुष्टि गर्छ।

पछिल्ला दुई वर्षमा यो पार्टीमा न कुनै नयाँपन देखिन्छ, न शक्तिको रुपमा गणना हुने गरेको छ। यस्तो हुनुमा केही कारण छन्।

बाबुराम : बाँसको लिंगामा बाँधिएको घैंटो

माओवादीमै छँदा पालुङटारको विस्तारित बैठकमा आफ्नो दस्तावेज प्रस्तुत गर्दै बाबुराम भट्टराईले पार्टीको सांगठनिक ढाँचालाई रोचक विम्बद्वारा व्यंग्य गरेका थिए। 

'पार्टी नेतृत्व पिरामिड आकारको हुनुपर्नेमा धरहरा आकारको भयो', उनले भनेका थिए, 'धरहरा एकै पल्ट ढल्छ।' 

संगठनात्मक संरचनामा परिवर्तन ल्याएर माओवादी सुधार्ने भट्टराईको यो सूत्र सो पार्टीमा लागू नै हुन पाएन। अहिले न माओवादी बाँकी रह्यो, न त धरहरा नै।

नयाँ शक्तिले सुरुवातमा पिरामिड शैलीलाई नै पछ्याए पनि गत फागुनमा सम्पन्न चौथो संघीय परिषद्को विस्तारित बैठकले 'संगठनको संरचनालाई वैज्ञानिकपन दिन कार्यकारी विज्ञ र संरक्षक परिषद् गरी समतलीय संरचना अनुमोदन गरिएको' भनेको छ। तर, जस्तो संरचना अनुमोदन गरिए पनि पार्टीमा देखिने एउटै नेता भट्टराई मात्रै छन्। पार्टीकै सैद्धान्तिक व्याख्या, आगामी कार्यदिशा, अन्य पार्टीसँगको सम्बन्ध, बदलिँदो घटनाक्रमलाई  हेर्ने पार्टीको लाइन आदि सबै-सबै भट्टराईले बोलेपछि मात्रै सम्प्रेषण हुन्छन्। न अरु कोही बोल्छन्, न मिडियाले पत्याउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले नयाँ शक्ति भन्नु नै भट्टराई र भट्टराई भन्नु नै नयाँ शक्ति भएको छ। बाँसको लिंगाको टुप्पोमा बाँधिएको माटोको घैंटो जस्तो स्वरुप भट्टराईले ग्रहण गरेका छन्। अर्थात् देखिने पनि उनै छन्, बाह्य आशा र आक्रमणको केन्द्रमा पनि उनै छन्। 

पार्टी स्थापनाको दुई वर्ष बितिसक्दा पनि पार्टीमा दोस्रो तहका भरपर्दा नेता पहिचान हुन नसक्नु वा त्यसका लागि पहल नगरिनुले पार्टीको लामो भविष्यलाई संकेत गर्दैन। पार्टीको धार र धारणा प्रवाहित गर्नका लागि हर नेता अगाडि सर्नुपर्ने वा देखिनुपर्ने बेलामा भट्टराई नै बोल्नुपर्ने अवस्था अझै लामो समय रहने देखिन्छ। यस्तो अवस्थालाई पार्टीले कसरी सोचिरहेको छ, त्यो पार्टीको आन्तरिक कुरा हो। तर, नयाँ नेतृत्व उदाउने सुरसार नदेखिनु नयाँ पार्टीका निम्ति सुखद संकेत भने होइन। 

पार्टी होइन, चौतारी

नयाँ शक्ति सुरुदेखि नै एउटा जालोमा फस्यो। पूर्व माओवादी समूह र पार्टी राजनीतिभन्दा बाहिरका समूहको टकरावले पार्टीले आफ्नो कार्यदिशा तय गर्नै सकेन। पूर्व माओवादीको समूह जुझारु थियो, प्रत्यक्ष राजनीतिका कैयौं वैध-अवैध खेलमा निपूर्ण थियो। धेरथोर बदनामी सहेर भए पनि लक्ष्यमा पुग्नुपर्छ भन्ने उनीहरुको विश्वास हुनु अस्वाभाविक थिएन। कारण, उनीहरुको विगत नै त्यस्तै थियो, स्कुलिङ नै त्यस्तै थियो। अर्को समूहमा विगतमा आफ्नो काम र जिम्मेवारीबाट धेरथोर इज्जत कमाएकाहरु थिए। यो समूह प्रतिष्ठित थियो, राजनीतिलाई पूर्णतया आदर्श खेल बनाउनुपर्छ भन्ने मान्यता राख्थ्यो। पार्टी जेसुकै होस्, आफूले बदनामी कमाउनु हुँदैन भन्ने उनीहरुको मानसिकता पनि अस्वाभाविक होइन।

नयाँ शक्तिले न पूर्व माओवादीको विश्वास जित्न सक्यो, न सो इतरका व्यक्तिहरुको। छद्म द्वन्द्व भने रहिरह्यो। त्यसैले एउटा समूहले अर्कोलाई देखाएर पार्टी छाड्ने कारण बनिरह्यो। बाबुराम भट्टराईलाई माओवादी छाडेर नयाँ पार्टी खोल्न उक्साउने र त्यसमा सहयोग गर्ने भरोसा दिलाउने पूर्वमाओवादी नेताहरु पुन: माओवादीमै फर्केर अहिले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता भइसकेका छन्। छाड्नेहरुमध्ये केहीले भट्टराईलाई सही समयमा सही निर्णय लिने क्षमता नभएको आरोप लगाए, केहीले लालसलाम गर्न नपाएकोमा गुनासो पोखे। 

यसैगरी, माओवादीमै छँदा समेत भट्टराई निकट नेताका रुपमा चिनिएकाहरु भट्टराईलाई नै दोषारोपण गर्दै बाहिरिए। रामचन्द्र झा, रामकुमार शर्मा, देवेन्द्र पौडेल लगायतका नेताहरु अहिले नयाँ शक्तिमा छैनन्। त्यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनाल पनि बाहिरिए। गैरराजनीतिक पृष्ठभूमिबाट आएका र क्षमतावान् भनिएका खनाल पनि बाहिरिएपछि उनलाई नै हेरेर नयाँ शक्ति निकट भएका धेरैजसो पार्टीबाट टाढिँदै गए।

आलोचकहरु भन्छन्, 'नयाँ शक्ति पार्टी होइन, चौतारी बन्यो।' राजनीति गर्ने र उन्नत राजनीति गर्ने महत्त्वाकांक्षीहरु एक समय भेला भए। त्यसपछि पुन: अर्को यात्रामा निस्किए। मानिसहरु आफ्नो पार्टीमा किन आइरहेका छन् र पार्टी छाडेर किन गइरहेका छन् भन्ने आत्ममूल्यांकन नगर्ने र रणनीति पनि नबनाउने हो भने यस्तो रीत चलिरहन्छ। 

पार्टीको पहिचानमा प्रश्न

यसबीच नयाँ शक्ति निकै अलमलियो। कैयौं आवश्यक ठाउँमा आफ्नो फरक पहिचान स्थापित गर्नै सकेन। पुराना शक्तिको बदनामीमा आफ्नो भविष्यको व्याख्या गर्नु नै नयाँ शक्तिको मुख्य कमजोरी हो। जुन कुरा सहउपलब्धि हुनुपर्थ्यो, त्यसैलाई मुख्य आशाको केन्द्र बनाउनु हुँदैनथ्यो। तर, भयो त्यस्तै। अहिले पनि आफू बलियो बन्दै गएर पुराना शक्तिलाई असान्दर्भिक बनाउनेतिर होइन, पुराना शक्ति असान्दर्भिक बन्दै गएपछि आफ्नो पालो आउने आशामा नयाँ शक्तिले सुखद भविष्यको कल्पना गरिरहेको छ। वीरबलको खिचडी पाराको राजनीतिले पार्टीलाई कहीँ पुर्‍याउँदैन।
खुलामञ्चमा पार्टी घोषणा कार्यक्रममा भट्टराईले भनेका थिए- 'पुराना विचार, नेतृत्व र संरचनाहरूले नयाँ कार्यभार पूरा गर्दैनन्, त्यसैले नयाँ शक्ति आवश्यक छ।' तर, अहिले पुराना पार्टी विशेषगरी एमाले र माओवादी मिलेर बनेको ने क पाप्रति धेरैको भरोसा देखिएको छ। उसले भन्ने गरेको विकास र समृद्धिको नारामा धेरैलाई आशा जागेको छ।

विकास र समृद्धिको भिजन नयाँ शक्तिसँग पनि छ, लोभलाग्दा पाँच वटा 'स' पनि छन्। तर, विकास र समृद्धिका लागि नयाँ होइन, पुरानै शक्तिमाथि विश्वास देखिएको छ। यस्तो अवस्थामा नयाँ शक्तिको रणनीति के हुनुपर्ला, ऊ स्पष्ट छैन। ने क पाकै विकास र समृद्धिको मोडल, नयाँ शक्तिको पनि मोडल हो? वा यो पार्टी यसमा फरक मत पनि राख्छ? राख्छ भने त्यो कस्तो मत र मोडल हो? त्यताबारे नयाँ शक्तिको रुचि नै छैन। विकास र समृद्धिको एजेन्डामा ओली र भट्टराई फरक नदेखिएपछि जनताले नयाँ शक्तिलाई विश्वास किन गरिरहनुपर्‍यो र?

अहिले सानातिना तर अनुभूति हुने खालका कामका लागि पहल गर्ने शक्तिको आवश्यकता हो। जनताको दैनन्दिनका कठिनाइलाई न्यूनीकरण गर्ने र नयाँ खालका चाहनालाई नेतृत्व गर्ने हो। स्थानीय तहका अध्यक्षदेखि वडा सदस्यसम्म गरी नयाँ शक्तिका १ सय १० प्रतिनिधि छन्, प्रदेशसभा ३ र प्रतिनिधिसभामा १ सदस्य छन्। तर, अन्य कारणले पनि चर्चामा रहेका कारण भट्टराई चर्चामा आए पनि अन्य प्रतिनिधिको नाम र काम सुनिँदैन। जबकि, काम गरेर जनताको विश्वास जित्न ठाउँ खाली छ। जति सकिन्छ, गरिरहेको छ भन्ने आभास जनतालाई दिलाउन सक्नुपर्छ। 

महँगी बढेको बढ्यै छ। कार्यपालिकाको चेपुवामा बाँकी राज्यका अंगहरु परिरहेका छन्। संघीयता असफल पार्ने छद्म लक्ष्यका साथ भर्खरै बजेट आएको छ। संविधानको परिकल्पना गरेको व्यवस्था प्रधानमन्त्रीका निम्ति 'ट्याउँट्याउँ' भएको छ, 'एनजिओको उक्साहट' भएको छ। काठमाडौंमा धूलो नियन्त्रणमा भन्दा मोनोरेलका विषयमा बहस बढेका छन्। तर, नयाँ शक्ति मौन छ। छाउपडी प्रथाका कारण हुने मृत्यु पनि समाचारमै आइरहेको छ, उखु किसानको समस्या वर्षौं पुरानो भइहाल्यो। तर, नयाँ शक्तिलाई केही थाहा छैन। थाहा हुन्थ्यो भने ऊ सडकमा हुन्थ्यो, भट्टराई संसदमा अलि बढी चिच्याउँथे।

यहाँ भन्न खोजिएको के मात्रै हो भने, राजनीतिक भूमिका खोज्न कतै भौतारिनुपर्दैन। हर क्षण अनलाइनमा अपडेट भइरहेका छन्। उल्लिखित समस्या र मुद्दालाई नेतृत्व गरेरै पनि एउटा राजनीतिक दल उदाउने र फस्टाउने आधारभूमि छ। तर, जनताले कार्यकारी राष्ट्रपति बनाउलान् र सबै समस्याको समाधान गरौंला भनेर कुर्ने हो भने त्यो दिन कहिल्यै आउँदैन। 

पार्टीको रुपमा नयाँ शक्ति हुनु र नहुनुले जबसम्म फरक पार्दैन, सांसदको रुपमा भट्टराई हुनु र नहुनुले जबसम्म फरक पार्दैन, तबसम्म पार्टीको पहिचान कायम हुनसक्दैन। न त जनताले मत दिने कुनै आधार नै तयार हुन्छ। फगत पुरानो पार्टी बदनाम होला र काँध थाप्न पाइएला भन्ने आशाले राजनीति कसरी पो चल्ला?

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  १५:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्