काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोभिड निमोनिया देखिएको छ। खड्कालाई केही दिन अगाडि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
असोज ८ गतेदेखि ज्वरो, खोकी सुरु भएपछि १० गते पीसीआर र एन्टिजिन परीक्षण गर्दा खड्कालाई कोरोना संक्रमण देखिएको थियो।
कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था गम्भीर भएपछि खड्का मंगलबार (असोज १२ गते) सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका थिए। अहिले खड्काको कोभिड १९ निमोनियाको उपचार चलिरहेको सशस्त्र प्रहरी अस्पतालका चिकित्सक (एसपी) डा प्रविन नेपालले जानकारी दिएका छन्।
डा नेपालले खड्काको अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।