• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गरिबका नाममा ५ अर्ब रुपैयाँ बाँड्ने कार्यविधि मन्त्रिपरिषद्‍मा, विज्ञहरु भन्छन्– गलत हुँदैछ 

64x64
दुर्गा दुलाल शुक्रबार, असोज १५, २०७८  १५:१९
1140x725

काठमाडौं–  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटको प्रतिस्थापन विधेयक ल्याउँदा अर्थमन्त्री जनार्दन शर्माले कोभिडले रोजगारी गुमाएका गरिब र विपन्न परिवारलाई राहतस्वरुप नगद बाँड्ने योजना समावेश गरेका थिए। कोभिडले रोजगारी गुमाएका गरिब र विपन्नको पहिचान गरी उनीहरुलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिने विषय बजेटमा समावेश छ। 

सरकारबाट विस्थापित भएर प्रतिपक्षी दल बन्न पुगेको एमालेका सांसदहरुको विरोधका बीच संसदबाट पारित भएको बजेट राष्ट्रपतिबाट प्रमाणीकरण समेत भएर कार्यान्वयनमा आइसकेको छ। बजेट कार्यान्वयनमा आएपछि गरिब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ बाड्ने योजनाका लागि अर्थ मन्त्रालयले कार्यविधि बनाएको छ। उक्त कार्यविधि अहिले मन्त्रिपरिषद्मा पेस गरिएको अर्थ मन्त्रालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

अर्थमन्त्रालय स्रोतका अनुसार गरिब र विपन्नको यकिन परिभाषा नभएको अवस्थामा केही ‘ग्रे ’ क्षेत्र  तोकेर रकम वितरण गर्नेगरी कार्यविधी तयार पारिएको छ। सरकारले ५ लाख गरिब तथा विपन्न परिवारलाई १० हजारका दरले रकम वितरण गर्दा ५ अर्ब रुपैयाँ बजेट खर्च हुने देखिएको छ। 

अर्थ मन्त्रालयका प्रवक्ता महेस आचार्यले गरिब तथा विपन्न परिवारलाई नगद राहत उपलब्ध गराउन कार्यविधि बनेको बताए। ‘मन्त्रालयले बजेट कार्यान्वयनका लागि प्रक्रिया अघि वढाएको छ,’ आचार्यले भने, ‘मन्त्रिपरिषद्बाट पारित भएर आएपछि सोअनुसार अघि वढ्ला।’ 

मन्त्रिपरिषद् पेस गरिएको कार्यविधिमा गरिब तथा विपन्न नागरिक (परिवार)लाई सिधै नगद हस्तान्तरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। गरिब तथा विपन्न नागरिक र परिवारको पहिचान भने स्थानीय तहले गर्ने व्यवस्था प्रस्तावित गरिएको छ। कार्यविधिमा सरकारले दिने रकम पनि स्थानीय तहबाटै वितरण हुने भनिएको छ। 

आर्थिक सहयोग दशैं अगाडि नै वितरण गरिसक्ने लक्ष्य सरकारको छ। जसअनुसार उक्त कार्यविधि छिट्टै स्वीकृत हुने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाइ छ। 

मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएलगत्तै गरिब तथा विपन्न परिवारको पहिचान गरेर विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरिने छ। 

सरकारले यसपटक वितरण गर्ने आर्थिक सहयोगका लागि विगतमा कुनै पनि सरकारी सहायता लिएका व्यक्ति तथा परिवार भने अयोग्य हुने विषय कार्यविधिमा उल्लेख छ। त्यस्तै, रोजगारी प्राप्त वा आय आर्जनको कार्यमा लागेकाको परिवारले पनि आर्थिक सहायता नपाउने व्यवस्था कार्यविधिमा प्रस्ताव गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

थाहा छैन, गरिब कति छन्?
यसअघिका सरकारले पनि गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै विभिन्न (पपुलिस्ट) कार्यक्रम घोषणा नगरेको होइन। तर, नेपालमा गरिबको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन। 

सरकारले गरिब तथा विपन्न परिवार कसलाई मान्ने भन्ने यकिन आधार पनि छैन। यसपटकको आर्थिक सहायता वितरण भने सरकारले स्थानीय तहको सिफारिसलाई आधार बनाउने देखिएको छ। 

अर्थ मन्त्रालयका अधिकारीहरु गरिब तथा विपन्न परिवार पहिचानको जिम्मा स्थानीय तहलाई दिइने र रकम पनि स्थानीय तहले नै वितरण गर्ने बताउँछन्। 

सिधै नगद किन? 
कोरोना महामारीबाट प्रभावित क्षेत्रका समग्रमा कुनै राहत तथा आर्थिक प्याकेज नल्याएको सरकारले ‘गरिब र विपन्न’का नाममा आफ्नो पार्टीका कार्यकर्तालाई राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भइरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राहत वितरण गर्ने नाममा पार्टीका कार्यकर्तालाई पैसा बाँड्न खोजिएको भन्दै विरोध जनाएको छ। विज्ञहरुले पनि राहतका नाममा सिधै पैसा बाँड्दा त्यसले कुनै प्रभावकारी नतिजा नदिने बताउँदै आएका छन्।  

विगतमा ‘युवा स्वरोजगार कोष’ कार्यक्रम पनि कार्यकर्तालाई पैसा बाँड्नेमा मात्रै सीमित भएको थियो। उक्त कोषमार्फत् बाँडिएको रकम अहिलेसम्म पनि उठ्न सकेको छैन। 

पुर्व अर्थसचिव रामेश्वर खनाल राज्यले पैसा बाँड्नै नहुने भन्ने नभएको, तर कुन अवस्थामा र कहिले वाँड्ने भन्ने कुराले अर्थ राख्ने बताउँछन्।  ‘एक त राज्यले लाइन राखेर पैसा वितरण गर्ने होइन। गर्नैपर्ने अवस्थामा हो भने सही र गलत अवस्थाको ख्याल गरिनुपर्छ,’ खनाल भन्छन्। 

अहिले कसैलाई पनि पैसा वितरण गर्ने अवस्था नभएको उनले बताए । ‘पोहोर चैतमा देशभर लकडाउन थियो। मानिससँग रोजगारी थिएन। दुई छाक टार्न पनि समस्या थियो,’ उनले भने ‘उक्त समयमा सरकारले वास्तै गरेन। राहतको कुनै प्याकेज ल्याएन। अहिले साउनपछि यस्तो अवस्था छैन।’ 

अहिले अर्थतन्त्र विस्तार लयमा आइसकेको र पर्यटन बाहेकको अन्य क्षेत्रमा त्यति धेरै समस्या नभएकाले सरकारले पैसा बाँड्ने नीति लिनु गलत भएको खनालको तर्क छ। ‘बरु कोभिडले रोजगारी गुमाएकाहरुलाई रोजगारी दिएर सोवापत पारिश्रमिक दिने नीति लिएको भए हुन्थ्यो,’ उनले भने, ‘मानिसलाई सित्तैमा खानुभन्दा काम गरेर खानमै आनन्द महसुस हुन्छ।’ 

अहिलेका अर्थमन्त्री कुनै विषयत विज्ञता र ज्ञान नभएको कारण बजेटमा यस्तो योजना आएको उनको वुझाइ छ। ‘पैसा वितरण गरेपछि पपुलर भइन्छ भन्ने सोचका साथ यो कार्यक्रम ल्याएको देखियो,’ उनले भने ‘जनतालाई माछा दिने होइन माछा मार्ने सीप दिने हो राज्यले।’ 

पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पनि यो आर्थिक सहायताका नाममा पैसा बाँड्ने काम गलत अभ्यास भएको दाबी गरे। राज्यमा जम्मा भएको रकम खाली कार्यकर्तालाई बाँड्ने सोच मात्र देखिएको उनले टिप्पणी गरे। 

‘राज्यले कसैलाई पनि कुनै पनि नाममा रकम वितरण गर्नुलाई जायज मान्न सकिँदैन,’ उनले भने, ‘सरकारले रोजगारी दिने योजनाहरु ल्याउने हो, उद्योगहरु खोल्ने हो। पैसा वितरण गरेर कसरी राज्य सञ्चालन हुन्छ?’
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्