• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गरिबका नाममा ५ अर्ब रुपैयाँ बाँड्ने कार्यविधि मन्त्रिपरिषद्‍मा, विज्ञहरु भन्छन्– गलत हुँदैछ 

64x64
दुर्गा दुलाल शुक्रबार, असोज १५, २०७८  १५:१९
1140x725

काठमाडौं–  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको चालू आर्थिक वर्ष २०७८/०७९ को बजेटको प्रतिस्थापन विधेयक ल्याउँदा अर्थमन्त्री जनार्दन शर्माले कोभिडले रोजगारी गुमाएका गरिब र विपन्न परिवारलाई राहतस्वरुप नगद बाँड्ने योजना समावेश गरेका थिए। कोभिडले रोजगारी गुमाएका गरिब र विपन्नको पहिचान गरी उनीहरुलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिने विषय बजेटमा समावेश छ। 

सरकारबाट विस्थापित भएर प्रतिपक्षी दल बन्न पुगेको एमालेका सांसदहरुको विरोधका बीच संसदबाट पारित भएको बजेट राष्ट्रपतिबाट प्रमाणीकरण समेत भएर कार्यान्वयनमा आइसकेको छ। बजेट कार्यान्वयनमा आएपछि गरिब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ बाड्ने योजनाका लागि अर्थ मन्त्रालयले कार्यविधि बनाएको छ। उक्त कार्यविधि अहिले मन्त्रिपरिषद्मा पेस गरिएको अर्थ मन्त्रालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

अर्थमन्त्रालय स्रोतका अनुसार गरिब र विपन्नको यकिन परिभाषा नभएको अवस्थामा केही ‘ग्रे ’ क्षेत्र  तोकेर रकम वितरण गर्नेगरी कार्यविधी तयार पारिएको छ। सरकारले ५ लाख गरिब तथा विपन्न परिवारलाई १० हजारका दरले रकम वितरण गर्दा ५ अर्ब रुपैयाँ बजेट खर्च हुने देखिएको छ। 

अर्थ मन्त्रालयका प्रवक्ता महेस आचार्यले गरिब तथा विपन्न परिवारलाई नगद राहत उपलब्ध गराउन कार्यविधि बनेको बताए। ‘मन्त्रालयले बजेट कार्यान्वयनका लागि प्रक्रिया अघि वढाएको छ,’ आचार्यले भने, ‘मन्त्रिपरिषद्बाट पारित भएर आएपछि सोअनुसार अघि वढ्ला।’ 

मन्त्रिपरिषद् पेस गरिएको कार्यविधिमा गरिब तथा विपन्न नागरिक (परिवार)लाई सिधै नगद हस्तान्तरण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। गरिब तथा विपन्न नागरिक र परिवारको पहिचान भने स्थानीय तहले गर्ने व्यवस्था प्रस्तावित गरिएको छ। कार्यविधिमा सरकारले दिने रकम पनि स्थानीय तहबाटै वितरण हुने भनिएको छ। 

आर्थिक सहयोग दशैं अगाडि नै वितरण गरिसक्ने लक्ष्य सरकारको छ। जसअनुसार उक्त कार्यविधि छिट्टै स्वीकृत हुने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाइ छ। 

मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएलगत्तै गरिब तथा विपन्न परिवारको पहिचान गरेर विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरिने छ। 

सरकारले यसपटक वितरण गर्ने आर्थिक सहयोगका लागि विगतमा कुनै पनि सरकारी सहायता लिएका व्यक्ति तथा परिवार भने अयोग्य हुने विषय कार्यविधिमा उल्लेख छ। त्यस्तै, रोजगारी प्राप्त वा आय आर्जनको कार्यमा लागेकाको परिवारले पनि आर्थिक सहायता नपाउने व्यवस्था कार्यविधिमा प्रस्ताव गरिएको छ। 

Ncell 2
Ncell 2

थाहा छैन, गरिब कति छन्?
यसअघिका सरकारले पनि गरिब तथा विपन्न परिवारलाई लक्षित गर्दै विभिन्न (पपुलिस्ट) कार्यक्रम घोषणा नगरेको होइन। तर, नेपालमा गरिबको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन। 

सरकारले गरिब तथा विपन्न परिवार कसलाई मान्ने भन्ने यकिन आधार पनि छैन। यसपटकको आर्थिक सहायता वितरण भने सरकारले स्थानीय तहको सिफारिसलाई आधार बनाउने देखिएको छ। 

अर्थ मन्त्रालयका अधिकारीहरु गरिब तथा विपन्न परिवार पहिचानको जिम्मा स्थानीय तहलाई दिइने र रकम पनि स्थानीय तहले नै वितरण गर्ने बताउँछन्। 

सिधै नगद किन? 
कोरोना महामारीबाट प्रभावित क्षेत्रका समग्रमा कुनै राहत तथा आर्थिक प्याकेज नल्याएको सरकारले ‘गरिब र विपन्न’का नाममा आफ्नो पार्टीका कार्यकर्तालाई राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भइरहेको छ।

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राहत वितरण गर्ने नाममा पार्टीका कार्यकर्तालाई पैसा बाँड्न खोजिएको भन्दै विरोध जनाएको छ। विज्ञहरुले पनि राहतका नाममा सिधै पैसा बाँड्दा त्यसले कुनै प्रभावकारी नतिजा नदिने बताउँदै आएका छन्।  

विगतमा ‘युवा स्वरोजगार कोष’ कार्यक्रम पनि कार्यकर्तालाई पैसा बाँड्नेमा मात्रै सीमित भएको थियो। उक्त कोषमार्फत् बाँडिएको रकम अहिलेसम्म पनि उठ्न सकेको छैन। 

पुर्व अर्थसचिव रामेश्वर खनाल राज्यले पैसा बाँड्नै नहुने भन्ने नभएको, तर कुन अवस्थामा र कहिले वाँड्ने भन्ने कुराले अर्थ राख्ने बताउँछन्।  ‘एक त राज्यले लाइन राखेर पैसा वितरण गर्ने होइन। गर्नैपर्ने अवस्थामा हो भने सही र गलत अवस्थाको ख्याल गरिनुपर्छ,’ खनाल भन्छन्। 

अहिले कसैलाई पनि पैसा वितरण गर्ने अवस्था नभएको उनले बताए । ‘पोहोर चैतमा देशभर लकडाउन थियो। मानिससँग रोजगारी थिएन। दुई छाक टार्न पनि समस्या थियो,’ उनले भने ‘उक्त समयमा सरकारले वास्तै गरेन। राहतको कुनै प्याकेज ल्याएन। अहिले साउनपछि यस्तो अवस्था छैन।’ 

अहिले अर्थतन्त्र विस्तार लयमा आइसकेको र पर्यटन बाहेकको अन्य क्षेत्रमा त्यति धेरै समस्या नभएकाले सरकारले पैसा बाँड्ने नीति लिनु गलत भएको खनालको तर्क छ। ‘बरु कोभिडले रोजगारी गुमाएकाहरुलाई रोजगारी दिएर सोवापत पारिश्रमिक दिने नीति लिएको भए हुन्थ्यो,’ उनले भने, ‘मानिसलाई सित्तैमा खानुभन्दा काम गरेर खानमै आनन्द महसुस हुन्छ।’ 

अहिलेका अर्थमन्त्री कुनै विषयत विज्ञता र ज्ञान नभएको कारण बजेटमा यस्तो योजना आएको उनको वुझाइ छ। ‘पैसा वितरण गरेपछि पपुलर भइन्छ भन्ने सोचका साथ यो कार्यक्रम ल्याएको देखियो,’ उनले भने ‘जनतालाई माछा दिने होइन माछा मार्ने सीप दिने हो राज्यले।’ 

पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पनि यो आर्थिक सहायताका नाममा पैसा बाँड्ने काम गलत अभ्यास भएको दाबी गरे। राज्यमा जम्मा भएको रकम खाली कार्यकर्तालाई बाँड्ने सोच मात्र देखिएको उनले टिप्पणी गरे। 

‘राज्यले कसैलाई पनि कुनै पनि नाममा रकम वितरण गर्नुलाई जायज मान्न सकिँदैन,’ उनले भने, ‘सरकारले रोजगारी दिने योजनाहरु ल्याउने हो, उद्योगहरु खोल्ने हो। पैसा वितरण गरेर कसरी राज्य सञ्चालन हुन्छ?’
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य बढ्यो आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तीन लाख ३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... आइतबार, माघ ११, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी आइतबार, माघ ११, २०८२
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप आइतबार, माघ ११, २०८२
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभाको निर्वाचन सुरु आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्