काठमाडौं- सार्वजनिक सवारी भित्र पाकेट मार्दै गरेको अवस्थामा ललितपुरबाट दुई पाकेटमारलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले बिहीबार एक महिलासहित दुई पाकेटमारलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा स्न्धिुपाल्चोकको चौतारा नगरपालिका–३ का रोशन गिरी र ललितपुरकै महालक्ष्मी नगरपालिका–४ की आकृति श्रेष्ठ छन्।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाइ सादा पोशाकमा परिचालित प्रहरी टोलीले उनीहरुलाई सार्वजनिक सवारी भित्र पाकेट मार्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थलहरूमा हुने चोरी, पाकेटमार जस्ता अपराध उपर सुक्ष्म निगरानी भइरहेको ललितपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।