काठमाडौं– नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो।
सैनिक जनसम्कर्क तथा सञ्चार निर्देशनालयले भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाएको छ।
उक्त भेटवार्ताले दुई देशको आपसी सम्बन्धलाई थप प्रगाढ र सुमधुर बन्न सहयोग पुग्ने सेनाले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।