काठमाडौं– अमेरिकाको डाइभर्सिटी भिसा (डीभी)का लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा चितवनको भरतपुर नगरपालिका–२९ जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका–३ का ३१ वर्षीय नवीन राई र रौतहटको चन्द्रपुर नगरपालिका–९ का ३२ वर्षीय शिव रोका छन्। उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
उनीहरुमध्ये कार्की नक्कली शैक्षिक प्रमाणपत्र बनाउने व्यक्ति हुन भने बाँकी दुई जना उक्त नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर अमेरिका जान खोज्ने व्यक्ति हुन्।
डीभी चिट्टा परेपछि १२ कक्षा पासको शैक्षिक प्रमाणपत्र पेस गरेपछि मात्रै अमेरिका जान योग्य हुने नियम छ। १२ पास नै नभइकन उनीहरुले डीभी भरेको र पछि डीभी चिट्टा परेर अमेरिका जान पाउने भएपछि कक्षा १२ पासको नक्कली शैक्षिक प्रमाण पत्र बनाएर नेपालस्थित अमेरिकी दूतावासमा पेस गरेको पाइएको महाशाखाले जनाएको छ।
अनुसन्धानको क्रममा पक्राउ परेकामध्ये नबिन दराईसँग कार्कीले १ लाख ७० हजारमा कक्षा १२ को नक्कली शैक्षिक प्रमाणत्र बनाएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।