काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी पुगेका छन्। शुक्रबारदेखि शुरु हुन गइरहेको पार्टीको विधान महाधिवेशनको तयारीको अवस्था बारे बुझ्न उनी गोदावरी पुगेका हुन्।
एमालेले असोज १५ देखि १७ गतेसम्म पार्टीको पहिलो विधान महाधिवेशनको आयोजना गर्दैछ। त्यसका लागि भइरहेको आवश्यक तयारी लगायतका बारेमा बुझ्न ओली गोदावरी पुगेका हुन्।
गोदावरीमा नवनिर्मित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेले विधान महाधिवेशन गर्दै छ। प्रधानमन्त्री भएका बेला ओलीले गत उक्त केन्द्रको उद्घाटन गरेका थिए।
विधान महाधिवेशनमा देशभरबाट ५ हजार भन्दा धेरै प्रतिनिधिहरु सहभागी हुने नेकपा एमालेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।