• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

३८ सय किलो सुन तस्करी प्रकरण : ८० भन्दा धेरै वकिल बचाउमा उत्रिँदै  

64x64
नेपाल लाइभ बुधबार, असोज १३, २०७८  १४:११
1140x725

काठमाडौं– साढे ३३ किलोसहित ३८ सय किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको मुद्दामा जिल्ला अदालत मोरङमा जारी अन्तिम सुनुवाइअन्तर्गत प्रतिवादीका कानुन व्यवसायीको बहस सुरु भएको छ। 

जिल्ला न्यायाधीश भरत लम्सालको इजलासमा शुरु भएको अन्तिम सुनुवाइमा सरकारी वकिलको बहसपछि प्रतिवादीका निजी कानुन व्यवसायीले बहस थालेका हुन्। प्रतिवादीका निजी कानुन व्यवसायीहरुले सोमबारदेखि नै बसह थालेकोमा बुधबारसम्म ३ जनाले मात्रै बहस गर्न भ्याएका छन्। अब भने प्रतिरक्षामा बसह गर्ने कानुन व्यवसायीको संख्या बढ्न सक्ने जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए। 

प्रतिवादीका पक्षमा बहस गर्न ८० भन्दा धेरै कानुन व्यवसायीले वकालातानामा दर्ता गराएका छन्। वकालतनामा दर्ता गराउने क्रम जारी रहेकाले प्रतिरक्षामा बहस गर्ने कानुन व्यवसायीको संख्या अझै बढ्नसक्ने सूचना अधिकारी धमलाले जानकारी दिए। 

७७ जना प्रतिवादी भएको मुद्दा भएकाले सबै प्रतिवादीले १–१ जना मात्रै कानुन व्यवसायी राख्दा पनि कानुन व्यवसायीको संख्या धेरै हुने देखिएको छ। जसकारण सबैले बहस गर्न पाउने गरी समय व्यवस्थापनको तयारी भइरहेको धमलाले जानकारी दिए। 

२०७४ मंसिरमा हवाईमार्ग हुँदै विदेशबाट तस्करी गरेर ल्याइएको साढे ३३ किलो सुन हराएको भन्दै तस्करको समूहले १८ फागुन २०७४ मा मोरङको उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो। सनमको हत्या घटनाको अनुसन्धानकै क्रममा साढे ३३ किलोसहित ३८ सय किलो सुन तस्करी प्रकरण बाहिरिएको थियो। 

गृह मन्त्रालयले सुन तस्करी र शाक्यको हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा समिति गठन गरेको थियो। गृह मन्त्रालयको समितिको छानबिनका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले ६३ जनाविरुद्ध मुद्दा चलाउन भन्दै जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई प्रतिवेदन बुझाइएको थियो। 

जिल्ला सरकारी वकिल कार्यालय मोरङले १९ वैशाख २०७५ मा गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइ ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। त्यसपछि ३ पटक गरी थप १४ जनाविरुद्ध सुन तस्करी प्रकरणमा मुद्दा दर्ता भएको थियो। 

विभिन्न समयमा प्रतिवादी बनाइएका ७७ जनाविरुद्ध कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्धक, संगठित अपराध, राजस्व छलि लगायतका आधा दर्जन अलग–अलग अभियोग लगाइएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सुन तस्करी तथा शाक्यको हत्या प्रकरणमा नेपाल प्रहरीका उच्च अधिकारीदेखि व्यापारीसम्म तानिएका थिए। मोरङ जिल्ला अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी (हाल डीआजईजी) दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछि उनीहरुलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गरेको थियो। 

मोरङ जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएका  रामकुमार तिवारी, प्रभात अग्रवाल, विमल पोद्दार, राजेन्द्रकुमार शाक्य, राजकुमार दारुका, मदनप्रसाद घिमिरे, शैयत अक्बर र इम्तियाज लगायतलाई भने उच्च अदालत विराटनगरले धरौटीमा छाडेको थियो। 

२०१५ जुलाईदेखि २०१६ अगस्टसम्म संगठित आपराधिक सन्जाल बनाएर १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम बराबरको सुन तस्करी गरेको मुद्दामा जिल्ला अदालत मोरङले केही दिन अगाडिदेखि अन्तिम सुनुवाइ सुरु गरेको हो। 

अन्तिम सुनुवाइमा प्रतिवादीका तर्फबाट बहस गर्न काठमाडौंदेखि पनि वरिष्ठ अधिवक्ताहरु मोरङ आउन लागेका जिल्ला अदालत स्रोतले जानकारी दिएको छ। 

सरकारी पक्षबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता मनीषबाबु पोखरेल र तेजबहादुर सिँजाली मगरले बहस गरिसकेका छन्। प्रतिबादीका कानुन व्यवसायीले पनि बहस सुरु गरिसकेका छन्। प्रतिवादीका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। सरकारी वकिलको जवाफी बहस सकिएपछि अदालतले मुद्दामा फैसला सुनाउने छ।
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी
हेर्नुहोस् तस्बिरमा बडीमालिका
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध
सम्बन्धित सामग्री
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्