काठमाडौं- एनएमबि बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दती निक्षेपमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने योजना ल्याएको छ। यो योजनामा ०.५ प्रतिशत प्रिमियमसमेत प्रदान गरिने बैंकले जनाएको छ।
यसैगरी एनएमबि बैंकमा खाता नभएका ग्राहकहरुले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत् पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्ने बैंकले जनाएको छ।
‘भीकेवाईसीमार्फत् ग्राहकहरुले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाइकन नै डिजिटल रुपमा सम्पन्न गर्न सक्ने छन्,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत् नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले देशभर १८१ शाखा, १३७ एटीएम, नौ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।