काठमाडौं– एउटा महिलालाई कोठामा बन्धक बनाइ बलात्कार समेत गरेको आरोपमा प्रहरीले काठमाडौंको बानेश्वरबाट श्रीमान्–श्रीमतीलाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१० बानेश्वरको कात्यायनी चोकमा डेरा गरी बस्ने मोरङको विराटनगर महानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मा र उनकी श्रीमती ३८ वर्षीय नितु शर्मालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुले एकजना महिलालाई आफ्नो कोठामा बन्धक बनाएर राखेका थिए। बन्धक बनाएका बेला निरजले महिलामाथि बलात्कार समेत गरेका भनेर उजुरी परेको प्रहरीले जानकारी दिएको छ।
महिलालाई कोठामा बन्धक बनाइ बलात्कार गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।