काठमाडौं- पुर्पक्षका लागि थुनामा रहेका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
काभ्रे पनौती नगरपालिका-५ ढलमले बस्ने २७ वर्षीय रमेश गिरीलाई आइतबार धुलिखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला अदालत काभ्रेको आदेशमा पुर्पक्षका लागि थुनामा रहेको एक प्रतिवादी उपर लागेको कसूर मुद्दा मिलाइदिन्छु भन्दै उनले पटकपटक गरी १ लाख २० हजार ठगी गरेका थिए।
पीडितको जाहेरीमा आइतबार धुलिखेल नगरपालिका-७ बाट गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।