काठमाडौं- साताको दोस्रो कारोबार दिन पनि पुँजीबजारमा उच्च अंकको गिरावट आएको छ। आज पुँजीबजार मापक परिसूचक नेप्से ७३.०५ अंकले घटेको हो। आइतबार नेप्से ६१.२७ अंकले नकारात्मक बनेको थियो।
आज ७३.०५ अंकले घटेसँगै नेप्से २६८५.४२ विन्दुमा ओर्लिएको छ। आज सबै उपसमूहको परिसूचक राताम्य बनेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कूल पाँच अर्ब १२ करोड नौ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका एक करोड चार लाख ७८ हजार ६८ कित्ता सेयर ६७ हजार ५८७ पटक खरिद-बिक्री भएका थिए।
कारोबार भएकामध्ये छ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाँकी कम्पनीको सूचक नकारात्मक बनेको छ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा ओर्लिएको छ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९९ प्रतिशतका दरले कमाएका छन्। गुडविल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ७.८३ प्रतिशतका दरले गुमाएका छन्।
आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै १५ करोड ४९ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सबैभन्दा धेरै तीन लाख चार हजार ६९१ कित्ता सेयर कारोबार भएको छ। यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सबैभन्दा धेरै दुई हजार ६९९ पटक किनबेच भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।