काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई साढे १७ प्रतिशत लाभांश दिने भएको छ। लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हो।
लघुवित्त सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको १६.९० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ छ। १६.९० प्रतिशत बोनस सेयर वितरणपश्चात् लघुवित्तको चुक्ता पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।