काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ।
गत बिहीबार २८१९.६५ विन्दुमा बन्द भएको बजार आजको प्रि ओपन सेसनमा १६.६२ अंक बढेर २८३६.३६ विन्दुमा पुगेको छ। आइतबार सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ४.३७ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर कारोबार भएकोमध्ये २० कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।