काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नगर/गाउँ पालिका अधिवेशन सुरु भएको छ। क्रियाशील सदस्यता सूची सार्वजनिक भएका अधिकांश जिल्लामा शनिबारदेखि नगर/गाउँ पालिका अधिवेशन सुरु भएको हो।
अधिवेशन भएकामध्ये केही पालिकाको अन्तिम नतिजा आइसकेको छ भने केहीको मत गणना जारी छ।
पोखरा महानगरपालिकामा अहिले मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार ९ सय मत गन्दा सुरेन्द्रमान बिजुक्छे २९४ मतसहित अगाडि छन्।
उनलाई २४५ मतसहित गङ्गाधर पराजुलीले पछ्याइरहेका छन् भने सभापतिका अन्य आकांक्षी रामराज लामिछानेले १४३, मिलन तिवारीले १०४, मोहन बास्तोलाले ९४ र ज्योति हमालले ७ मत ल्याएका छन्।
अब करिब ४ सय मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।