काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वर्तमान गठबन्धन कायम राख्ने विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
यसअघि आजै बिहान भएको एक घण्टाको छलफलमा प्रचण्डले सत्ता गठबन्धन कायम रहने र बाँकी निर्णयका लागि तीन बजेसम्म प्रतीक्षा गर्न प्रधानमन्त्रीलाई भनेका थिए।
एमाले र माओवादीबीच चुनावी तालमेलका विषयमा औपचारिक सहमति भइसकेको छ। साँझ पाँच बजे राष्ट्रिय सभागृहबाट सहमतिको घोषणा गर्दैछन्।
प्रधानमन्त्री देउवाले भने माओवादी केन्द्रको निर्णय सच्याउने प्रयासस्वरुप प्रचण्डसँग छलफल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।