काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त गरेको छ।
विगत ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवको र विभिन्न बैंकहरुमा काम गरिसकेका खालिङले शुक्रबारदेखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका हुन्।
बैंकमा हालसम्म ११ लाखभन्दा ग्राहक आवद्ध भएका जनाइएको छ। बैंकले हाल देशभर १०५ शाखा, १३७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।
यस्तै, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।