काठमाडौं- गत आर्थिक वर्षमा घाटामा जाने लघुवित्त संस्थाहरुको संख्या घटेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार खुद नोक्सानीमा रहेका लघुवित्तको संख्या घटेका हुन्।
२०७७ असार मसान्तसम्म नौ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेकोमा २०७८ असार मसान्तमा उक्त संख्या घटेर तीन वटामा सीमित हुन पुगेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार कोभिड-१९ महामारीबीच पनि लघुवित्त संस्थाहरुले ब्यापार बढाएको पाइएको छ। गत आर्थिक वर्षमा लघुवित्त संस्थाहरुले कर्जा औसत ८.६९ प्रतिशतले बढाएका छन्।
गत असार मसान्तसम्म लघुवित्त संस्थाहरुले प्रवाह गरेका कर्जाको आकार तीन खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा ती संस्थाहरुले दुई खर्ब ६२ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
यस्तै निक्षेपको औसत त्रैमासिक वृद्विदर ५.३० प्रतिशत देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।