काठमाडौं– संघीय संसदको संयुक्त सदन सञ्चालन सम्बन्धी नियमावली पारित गर्न आज १ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्दैछ। बैठकमा संयुक्त सदनको नियमावली पेश हुनेछ।
सत्तारुढ दल र प्रतिपक्षले सहमति गरी प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नियमावली बहुमतले पारित भइसकेको छ। फौजदारी अभियोग लागेको सांसद थुनामा रहे पनि निलम्बन नहुने व्यवस्थासहित पारित भएकोमा भने यसको विरोध भइरहेको छ।
संयुक्त सदनवाट विधेयक पारित भएपछि साझा समिति गठनको लागि बाटो खुल्नेछ। संसदिय सुनुवाइ र अनुगमन तथा मूल्यांकन विशेष समिति साझा समितिमा छन्। त्यस्तै महाअभियोग समिति दुवै सदनमा हुने समिति हो।
संघीय संसदमा कुल १६ वटा समिति छन्। संसदीय समिति नहुँदा संवैधानिक निकायमा सिफारिस हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।