काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिंगापुरले १ करोड २० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गरेको छ।
स्वीकृत ऋण सुविधा मध्य ८० लाख डलर ऋण सुविधा उपलब्ध भएको र बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ।
उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।