इटहरी– सुनसरीको इटहरीस्थित इन्द्र फेन्सी स्टोरमा गएराति आगलागी हुँदा अढाइ करोडको क्षति भएको छ।
इटहरी उपमहानगरपालिका ९ गोल्डेन भोकस्थित इन्द्रबहादुर कार्कीको स्टोरमा आगलागी भएको हो। आगलागीबाट कार्कीको दुई वटा सटरमा रहेको कपडा तथा को २५ प ४९३२ नम्बरको स्कुटर जल्दा करिब २ करोड ५० लाख मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीको अनुमान छ।
इटहरी, इनरुवा, धरान र दुहवीबाट पुगेका ५ वटा दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुलेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।