काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.७२ अंक बढेको छ।
गत साता साढे ६३ अंक घटेर बन्द भएको नेप्से यो साता प्रि ओपन सेसनमा ५.७२ अंक बढेर २८१७.९८ बिन्दुमा पुगेको छ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३२ अंक घटेको छ। गत साता नेप्से २८१२.३८ विन्दुमा बन्द भएको थियो।
सोमबार प्रि ओपन सेसनमा ३८ कम्पनीको सेयर कारोबार भएको छ। २१ कम्पनीको सेयरमूल्य बढेको छ भने १२ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।