चरिकोट- दोलखाको लादुकमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य ८ जना घाइते भएका छन्।
मृत्यु हुनेमा दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए।
बा १४ च १६८१ नम्बरको बोलेरो सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा आइतबार साँझ दुर्घटनामा परेको हो।
घाइतेको सिङटीको अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।