• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

'कलिगण्डकी बचाऊ अभियान'को पहिलो श्रृङ्खलामा माधव घिमिरेको ‘कालिगण्डकी’

64x64
नेपाल लाइभ शनिबार, असोज २, २०७८  २२:१८
1140x725

काठमाडौं- ‘कालिगण्डकी बचाऊ अभियान’ले काव्यात्मक रुपमा थालेको ‘कालिगण्डकी नदी सप्तक श्रृङ्खला’को पहिलो कविताको रुपमा माधव घिमिरेको कविता प्रस्तुत भएको छ।

कलात्मक अभिव्यक्तिको रुपमा जागरण जगाउने तथा मानिसलाई कालिगण्डकीको महत्त्व र यसको दोहनको विषयमा अवगत गराउने हेतुले सुरु भएको अभियानअन्तर्गतको नदी सप्तक श्रङ्खलाको पहिलो कविताको रुपमा घिमिरेको कविता प्रस्तु भएको हो।

नेपालमा मात्र नभएर विश्वभरकै नदीहरुमाझमा छुट्टै परिचय बोकेको नदी कालिगण्डकीमाथि अवैधरुपमा दोहन भइरहँदा कवितामार्फत् यसको विभिन्न पाटाहरुबारे आममानिसबीच चेतना फैलाउन नदी सप्तक सुरु गरिएको छ। कालिगण्डकीको पवित्र मानिएको जल प्रतिदिन प्रदूषित हुनेदेखि नदीमा जलमात्रा घट्ने क्रममा अभियानले यसबारे जनचेतना फैलाउने हेतुले काम सुरु गरिएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

अभियानकाअनुसार नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्। दामोदरकूण्ड-मुक्तिनाथदेखि कालिगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन् गरी गिट्टीमा परिणत भइरहेको छ।

यसैबीच, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजीविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह संकटलाई विभिन्न विधामार्फत् चेतना फैल्याउने अभियान सुरु भएको छ।

पहिलो श्रृङ्खलामा प्रस्तुत माधव घिमिरेको कविता ‘कलिगण्डकी’

माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम
काली गङ्गा! भनन कसरी कुँद्दछ्यौ शालिग्राम।
बेँसीदेखिन् बगरबगरै हाँसले लेक पुग्ने 
छाया बग्लासरि लहरामा तीरका वृक्ष झुक्ने
घुम्छन् मैरै यस हृदयमा स्रोत तिम्रा पवित्र 
गङ्गाजस्तै शिखर तपसी जह्नुका कोखभित्र।
‘यै कोल्टामा जडभरतले हो तपस्या गरेको
पानी भर्दा सुरयुवतिको स्वर्ण–पुष्पी झरेको 
छोएजस्तै अभय भगवान् विष्णुका पाइलाले
बाँधेका छन् अमरपुरका शिल्प मेरा शिलाले।
फोरी अग्ला शिखर यसरी दूरसम्मन् घुमेथेँ
खस्रोमस्रो पनि सरसतासाथ मैले चुमेथेँ’
लेख्छौ क्यारे यति भनि तिमी चिन्ह के के शिलामा 
‘मैलाई  नै प्रकट कसरी गर्नु मैले कलामा।’
‘मान्छे तेरै हृदयमनि छन् गुप्त अज्ञात तन्त्री
ब्यूँझन्छन् रे विविध रँगका मूर्ति तैँबाट  मन्त्री
सारा शोभा, सकल सुखको एउटै मूल तैँ होस्
मूर्छा तेरै हृदय छ भने सृष्टिको भूल तैँ होस्।’
यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ
हाँसी हिँड्छन् पथिक, अरुको दर्द को आज सुन्छ 
मेरो शिल्पी ! यस सकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ।
छाया होओस् हरित वनमा फैलिने धूप होओस्
कैलेकाहीँ यस नगरमा डोलिने रूप होओस्
रूपैलाई अमरपुरमा साँचिने सीप होओस् 
साक्षी मेरो विजन कुटिमा तैलको दीप होओस्।
मेरो सच्चा सुख छ दिनहूँ क्यै नयाँ सृजनामा 
आफैँलाई पनि सृजनको सोखमा बिर्सनामा
आफ्नै छातीमनि स्वरसको मूल भेट्दैन जस्ले
तिर्खा कैल्यै पनि हृदयको हेर मेट्दैन त्यस्ले।
गर्दागर्दै परिश्रम जसै देश यो लस्त होला
हेर्दाहेर्दै चरम गिरिमा सूर्य जो अस्त होला
त्यै लालिकासित पलक यो ढालुँला शान्तिसाथ
काली तिम्रा बगरबगरै आउँला मुक्तिनाथ।
झूमा मेरी अमरवयसी शैलकी देवदासी
लोटेका छन् विपुल जसका पीठका केशराशि 
यै सन्ध्यामा चमरि घिउमा दिव्य बत्ती जलाई
लैजाने छन् चरम गिरिको कन्दरामा मलाई।
बस्लान् बासा हिमशिखरको सूर्यका शेष रश्मि
छिप्लान् छाया मनि दिवसका रङ्गरेखा तिलस्मी
बस्लान् खाली अचल गिरिझैँ ध्यानमा मुक्तिनाथ
बाँधी दामोदर शिखरमा शुभ्र नक्षत्र सात।।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  २२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली बिहीबार, असार २५, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य बिहीबार, असार २५, २०८३
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, असार २५, २०८३
विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न ! बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्