काठमाडौं- हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडा दसैंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि विशेष दसैं बम्पर योजना सार्वजनिक गरेको छ।
बैंकले असोज १ गतेदेखि लागू गरेको उक्त योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म ब्याजदर मासिक रूपमा प्रदान गर्ने जनाएको छ। खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो सेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकको भनाइ छ।
यसका साथै बचत खातामा पाँच प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपांगता भएमा १० लाख रूपैयाँसम्मको दुर्घटना बिमा, तीन लाख रूपैयाँ बराबरको घातक रोगको बिमा, ५० हजार रूपैयाँ बराबरको मेडिकल बिमा, वार्षिक पाँच हजार रूपैयाँ बराबरको वार्षिक बहिरंग उपचार खर्च र पाँच हजार रूपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरुलाई प्रदान गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा शाखा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।