• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विशेष अदालतको 'बिजोग'– मुद्दा पेसीमा चढ्छन्, सुनुवाइको पालो नै आउँदैन

64x64
दुर्गा दुलाल शुक्रबार, असोज १, २०७८  १७:०६
1140x725

काठमाडौं– साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भयो। अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा हुनुको कारण थियो– नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश हुनु। 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने प्रकरणका मुख्य अभियुक्त गच्छदार असार ३० गते अदालतमा हाजिर भएका थिए। उनको मुद्दाको पेसी विशेषका अध्यक्ष प्रेमराज कार्की तथा न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको थियो। 

अदालतमा उपस्थित भएकै दिन बयान सकेर इजलासले गच्छदारको हकमा थुनछेक आदेश सुनायो। ललिता निवासको सरकारी जग्गाको भ्रष्टाचार मुद्दामा ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएका गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए। 

यो आदेश भएको भोलिपल्टै बसेको न्याय परिषद्को बैठकले विशेषका अध्यक्ष कार्की तथा सदस्य (न्यायाधीश)हरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा गर्‍यो।  

एकैपटक अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएपछि विशेष अदालतमा २ जना न्यायाधीश मात्रै छन्। अध्यक्ष छैनन्।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, रिसवत लगायतका मुद्दाको सुनुवाइ गर्ने अदालतमा न्यायाधीश नहुँदा पछिल्लो समय सेवाग्राहीहरुले मुद्दाको पेसी त चढ्ने, तर सुनुवाइको पालो नआउने र फैसला नहुने समस्या भोगिरहेका छन्।

साउन १ गते न्यायपरिषद्ले विशेष अदालतका अध्यक्षसहित ४ जनाको सरुवा गरेको  २ महिना हुँदासम्म त्यहाँ अरु न्यायाधीश पठाइएको छैन। 

अदालतमा अध्यक्षसमेत नहुँदा इजलास गठन तथा मुद्दाको सुनुवाइ मात्र होइन, प्रशासनिक कार्यमा समेत बाधा उत्पन्न भएको अदालतका कर्मचारी बताउँछन्। विशेष अदालतमा ६५० भन्दा बढी मुद्दा विचाराधीन छन्। तीमध्ये  ४०० थान भ्रष्टाचारका मुद्दा छन्। ललिता निवासदेखि कर फर्स्योट आयोग र अन्य अकूत सम्तत्तिका मुद्दा निर्णयको पर्खाइमा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको एउटा संयुक्त इजलासले दैनिक मुद्दा सुनुवाइ गर्ने गरेको छ। उक्त इजलासले नियमित मुद्दा सुनुवाइका साथै पुर्पक्षका लागि उपस्थित हुने थुनुवाको मुद्दा समेत हेर्नुपर्ने हुदाँ धेरै मुद्दा पेसी चढ्ने, तर हेर्न नभ्याइने हुँदै आएका छन्। 

भदौ ३० गते २ न्यायाधीशको इजलासमा १४ थान मुद्दा नियमित पेसीमा चढेका थिए भने पुर्पक्षका लागि २ जना बन्दी अदालतमा उपस्थित भएका थिए। नियमित पेसीमा चढेकामध्ये १ थान मुद्दामा फैसला भयो भने एक थानमा मिसिल झिकाउने आदेश भयो। पुर्पक्षका लागि उपस्थित भएका बन्दीको हकमा धरौटी माग गर्ने आदेश भयो। 

असोज १ गते विशेषमा ८ थान मुद्दा पेसी तोकिएको छ। तीमध्ये मुस्किलले ४ थानको सुनुवाइ भयो। 

‘३/४ थान मुद्दाभन्दा बढी एउटा इजलासले हेर्न सक्दैन,’ अदालतका एक कर्मचारीले भने, ‘ठूलो मुद्दा र धेरै प्रतिवादी भएमा वा अदालत उपस्थित हुने बन्दी धेरै भएको अवस्थामा त मुद्दा नै सुनुवाइ हुन समस्या हुन्छ।’ 

त्यस्तै, अर्को समस्या भनेको २ जना न्यायाधीशको मात्रै इजलास गठन हुँदा राय बाझिएमा वा एक जना न्यायाधीश अनुपस्थित भएमा पनि सुनुवाइ प्रभावित हुने अवस्था छ। विषेश अदालतमा ३–३ जना न्यायाधीश रहने गरी इजलास रहने ऐनको व्यवस्था पनि कार्यान्वयन हुन सकेको छैन। 

२ जनाभन्दा नभएपछि इजलास राखेर काम चलाउने गरिएको भएपनि यसरी सधैं मुद्दाको सुनुवाइ सम्भव नहुने एक न्यायाधीशको भनाइ छ।  ‘सधैंका लागि त यसरी चल्दैन। चलाउन सम्भव पनि छैन,' ती न्यायाधीशले नेपाल लाइभसँग भने, 'परिषद्ले छिटो न्यायाधीश पठाइदिए हुन्थ्यो। नभए मुद्दाको चाङ बढ्ने र सेवाग्राहीले दु:ख मात्र पाउने भए।’ 

पेसी त चढ्छ, तर फैसला हुँदैन 
विशेष अदालतको आँगनमा पेसी लिन भेटिएका एक सेवाग्राहीले आफू २ वर्षदेखि अदालत धाइरहेको बताए। घुस/रिसवत् लिएको कसूरमा अख्तियारले पक्राउ गरी मुद्दा चलाएपछि उनी विशेष अदालत धाउन थालेका हुन्। 

यसबीचमा धेरैपटक उनको मुद्दा पेसीमा चढ्यो। तर, फैसला हुने कहिले हो भन्ने अझै यकिन नभएको उनले सुनाए। ‘पहिला–पहिला ३ वटासम्म इजलासमा मुद्दा सुनुवाइ भएको र छिटो-छिटो पेसी पनि पाइएको थियो। तर, हिजोआज त पेसी मात्रै चढ्छ, सुनुवाइको पालो नै आउँदैन।'

पेसी लिनका लागि आफू तराईंबाट काठमाडौं आउने गरेको उनले सुनाए। तर, सुनुवाइको पालो नआउँदा ब्यर्थै धाउनु परेको उनको गुनासो छ। 

विशेषमा पेसी लिन आएका अर्का सेवाग्राहीले पनि सुनुवाइको पालो नआएको गुनासो पोखे। घुस/रिसवतकै अभियोगमा मुद्दा खेपीरहेका उनको पनि अदालत धाउँदा-धाउँदा थाकिसकेको गुनासो छ। 

'दोषी ठहर हुने हो कि सफाइ पाउने हो, जे ठहर हुने हो त्यो छिटै भए हुन्थ्यो नि,' उनी भन्छन्, 'यो मुद्दा लम्बिएको लम्बियै गर्दा बाँच्नै गाह्रो भइसक्यो।'  

विशेष अदालत ऐनमा अध्यक्षसहित अदालतमा ६ जना न्यायाधीश रहने व्यवस्था छ। 

न्याय परिषद्का अध्यक्ष, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले परिषद्को बैठक राखेर नयाँ न्यायाधीश सिफारिस गर्न नसक्दा यो समस्या देखिएको हो। न्याय परिषद्को सदस्यमा संघीय मन्त्रिपरिषद्‌का कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि सदस्य रहने व्यवस्था छ। 

अहिले कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की छन्। तर, मन्त्रिपरिषद् विस्तार हुँदा नयाँ मन्त्री आउने चर्चाले प्रधानन्यायाधीश राणाले परिषद्‌को बैठक बोलाएका छैनन्।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि परिषद्को बैठक एकपटक बसेको छ। उक्त बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीलाई परिषद्को सदस्यका रुपमा स्वागत गर्न बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन। 

परिषद्‌को बैठक बस्न नसक्दा विशेष अदालतले ४ जना न्यायाधीश पाउन सकेको छैन। उच्च अदालतमा कार्यरत रहेका न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष र सदस्य तोक्ने गरिन्छ। 

विशेष अदालतले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्दीकरण विभागले दर्ता गर्ने मुद्दा हेर्दै आएको छ। यसअघि राज्यद्रोहको मुद्दा पनि विशेषले हेर्ने व्यवस्था थियो। नयाँ मुलुकी संहिता जारी भएपछि भने राज्यद्रोहको मुद्दा हेर्ने विशेषको अधिकार 'कटौती' भएको थियो।  

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा गठित समितिमा बोर्डका कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा सदस्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्