• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

११ अध्यादेश निष्क्रिय भएपछि अब के हुन्छ? विकल्प के छन्?

64x64
नेपाल लाइभ बिहीबार, भदौ ३१, २०७८  १३:१६
1140x725
प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध। फाइल तस्बिर।

काठमाडौं– संसद्‌मा पेस भएका महत्त्वपूर्ण ११ अध्यादेशहरू बिहीबारदेखि निष्क्रिय भएका छन्। तेजाब आक्रमणमा संलग्नलाई कारबाहीको व्यवस्था भएकादेखि बजेटसम्मका अध्यादेशहरू संसद्‌मा पेस भएको ६० दिनसम्म पारित हुन नसक्दा निष्क्रिय भएका हुन्।

सरकारले बजेट बाहेक अन्य अध्यादेशको प्रतिस्थापन विधेयक समेत संसद्‌मा पेस गरेको छैन। साउन ३ गते प्रतिनिधि सभाको पहिलो बैठकमा पेस भएका यी अध्यादेशहरू भदौ ३० गते ६० दिन पुग्दै निष्क्रिय भएका हुन्।  संविधानको धारा ११४ अनुसार अध्यादेश सक्रिय राख्न संसद्को दुवै सदनले स्वीकृत गर्नुपर्छ।

अध्यादेश संसद्‌मा पेस गरेको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने व्यवस्था छ। साउन ३ मा संसद्‌मा पेस भएको योसहित १० अध्यादेश स्वीकृत गराउने प्रक्रिया अघि बढाउन सरकार र संसद्का बीचमा तालमेल नमिल्दा बिहीबारदेखि यी विधेयक स्वतः निष्क्रिय भएका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी महत्त्वपूर्ण अध्यादेशहरू निष्क्रिय हुँदा केही गम्भीर अपराधमा सजाय गर्न समेत कानुनी जटिलता देखिएको छ। 

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी अध्यादेशले जे जे कुरा संशोधन गरेको थियो त्यो सबै शून्य भएको बताए। एसिडमा सजाय, बलत्कारको मुद्दामा मिलापत्र गराउनेलाई सजायदेखि कोभिड खोप खरिदको विषय पुरानै अवस्थामा फर्केको उनले बताए। 

‘अब संसद् चलेको समयमा अध्यादेश ल्याउने कुरा मिल्दैन’, उनले भने, ‘त्यसले पार्ने प्रभाव भनेको संशोधन र नयाँ गरेका कुरा बाँकी रहेनन्। पुरानै अवस्थामा फर्केका छन्।’ 

यो पनि पढ्नुहोस्

महत्त्वपूर्ण ११ अध्यादेश निष्क्रिय, बलात्कारमा मिलापत्र गराउनेदेखि एसिड आक्रमणसम्मका कारबाहीमा कानुनी जटिलताबिहीबार, भदौ ३१, २०७८

संसद् नभएको अवस्थामा अध्यादेश ल्याउने संविधानको व्यवस्था भएकाले अब त्यो विकल्प हालकै अवस्थामा नहुने बताए। तर, अब ‘ब्याक डेट’राखेर प्रतिस्थापन विधेयक ल्याउन विकल्प पनि नमिल्ने उनले बताए। अहिलेको अवस्थाले सरकारी वकिललाई धेरै समस्या नहुने उनले बताए।

‘भएका कानुन निष्क्रिय भएकाले हामीले अब हामी अरु कानुनबाट मिलाउँछौ’, उनले भने, ‘मुख्य कुरा एसिड, बलात्कार मिलापत्र र यौनजन्य हिंसाको मुद्दामा केही समस्या हुने भयो अन्य कानुनको सजाय माग हुनेछ।’ 

दुई विकल्प 
सरकारसमक्ष अब दुईवटा विकल्प देखिन्छ। फेरि यी अध्यादेशहरू ल्याउने वा संसद्को अधिवेशन चलिरहेकाले विधेयकको रुपमा नयाँ कानुन ल्याउने विकल्प सरकारसँग देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अध्यादेशको निरन्तरताका लागि सरकारले मन्त्रिपरिषद् बैठकबाट चलिरहेको संसद्को अधिवेशन अन्त्य गर्नुपर्ने हुन्छ। संसद् अधिवेशन अन्त्य गरेर सरकारले काम चलाउनका लागि फेरि पुराना सबै अध्यादेशलाई राष्ट्रपतिबाट जारी गराउन सक्ने छ। यसरी पुन: अध्यादेश जारी भएमा फेरि अर्को अधिवेशनको पहिलो बैठकमा पेस गर्दै प्रतिस्थापन विधेयक ल्याएर कानुनको स्वरुप दिनुपर्ने हुन्छ। 

दोस्रो विकल्प भनेको अहिले नै चलिरहेको संसद्को अधिवेशनमा यसअघि निष्क्रिय भएका अध्यादेशहरूलाई विधेयकको रुपमा ल्याउने हो। मन्त्रिपरिषद्‌बाट पारित गराउँदै यी अध्यादेशहरू संसद् सचिवालयमा दर्ता गराउनुपर्ने छ। यसरी दर्ता भएको विधेयकहरूलाई सम्बन्धित मन्त्रालय वा कानुन मन्त्रालयले संसद्‌मा पेश गर्ने छ। संसद्‌‌मा छलफल हुँदै पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि यी विधेयकहरुले कानुनको रुप लिने छन्। संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनुभन्दा यो नै सरकारका लागि उत्तम विकल्प हुन सक्ने देखिन्छ। 

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता रेग्मीले अब विधेयक ल्याएर यी कानुनहरु बनाउनुपर्ने बताए। अध्यादेशतिर जाँदा लामो समय लाग्ने र फेरि प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुँदा संसद्‌मा पुग्नैपर्ने भएपछि विधेयक नै पेस गर्न उपयुक्त हुने उनले बताए।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पनि अब संसद् अधिवेशन चलिरहेको समयमा विधेयकमार्फत् नै कानुन बनाउनु उपयुक्त भएको बताए। सत्तापक्ष र विपक्ष दुवैलाई यी कानुन नभई नहुने जानकारी भएकाले छिटो हुने संसदीय प्रक्रिया अवलम्बन गरेर यसलाई कानुनको रुप दिनुपर्ने उनले बताए।

अध्यादेशको बाटो राम्रो नभएको उनको बुझाइ छ। यसअघि सर्वोच्चले पनि अध्यादेशमा बारेमा टिप्पणी गरेको र कानुन बनाउने थलो सार्वभौम संसद् भएकाले त्यही देश र जनताप्रति उत्तरदायित्व देखाउनुपर्ने उनको बुझाइ छ। विगतमा भएका कमि कमजोरीलाई अब स्वीकार गर्दै सरकारले छिट्टै खारेज भएका अध्यादेशहरुलाई विधेयकको रुपमा पेस गरेर अघि बढ्न देशको हितमा रहेको उनले बताए।

निष्क्रिय भएका ११ अध्यादेश :
१. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश
२. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय–पहिलो संशोधन) अध्यादेश
३. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश
४. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश
५. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश
६. कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश
७. औषधि (तेस्रो संशोधन) अध्यादेश
८. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश
९. रेल्वे अध्यादेश
१०. शपथसम्बन्धी अध्यादेश
११. बजेट सम्बन्धी अध्यादेश 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन
सम्बन्धित सामग्री
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस विशेष महाधिवेशनपछि कांग्रेसले वैशाख २८ र २९ गते प्रदेश तथा स्थानीयतह केन्द्रित भेला गर्न लागेको हो। आइतबार, वैशाख २७, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्... आइतबार, वैशाख २७, २०८३
छाती त थापेकै छौँ, कसैलाई घरबारविहीन पार्ने छैनौँ : सभापति लामिछाने आइतबार सांसदहरूको प्रशिक्षणमा बोल्दै उनले अधिकार नपाएसम्म छाती नहटाउने स्पष्ट पारेका हुन् । आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
कर्णाली केन्द्रित प्रदेशस्तरीय भेला गर्दै काँग्रेस आइतबार, वैशाख २७, २०८३
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ आइतबार, वैशाख २७, २०८३
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन आइतबार, वैशाख २७, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने आइतबार, वैशाख २७, २०८३
काभा महिला भलिबल प्रतियोगिता जेठ दोस्रो साता, ८ देश सहभागी हुने आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्