भैरहवा– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरलले यो वर्षभित्र प्रदेश ५ लाई पूर्ण साक्षर बनाउने प्रतिबद्धता जनाएका छन्।
अर्घाखाँची सिमेन्ट प्रालिद्वारा आयोजित सियारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक साम्रगी वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस वर्षभित्र प्रदेश ५ लाई पूर्ण साक्षर बनाउने लक्ष लिएको बताए।
उनले विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्थानीय तहका माध्यमबाट विद्यालय जाने र त्यहाँ टिकेर अध्ययन गर्ने वातावरण बनाउन आग्रह गरे।
प्रदेश सरकारले लिएको लक्ष्यलाई पूरा गर्न सबै सरोकारवाला निकायले साक्षरतालाई अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
सियारी गाउँपालिकामा सञ्चालित अर्घाखाँची सिमेन्ट प्रालिले ४१ सामुदायिक तथा धार्मिक विद्यालयमा शिशुदेखि ३ कक्षासम्म अध्ययनरत सबै विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ।
उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँपालिकामा रहेका ३ हजार ३ सय विद्यार्थीलाई जनही १ थान ब्याग, १ वर्षलाई पुग्नेगरी १७ हजार थान कपी र २० हजार थान पेन्सिल प्रदान गरिएको उद्योगका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले जनाए।
सो अबसरमा उद्योगका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले शिक्षाबाट कोही पनि बालबालिका वञ्चित हुनु नपरोस् भन्ने हेतुले उद्योगले विद्यार्थीलाई सहयोग गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।