काठमाडौं- लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३६औं शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका-१७ को बिरौटामा सञ्चालनमा ल्याएको छ।
उक्त शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ।
यस नयाँ शाखाको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६६ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।