भैरहवा– सुरक्षा व्यवस्था सुदृढ बनाउन रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको छ।
गाउँपालिकाको धकधई बजारमा ३ वटा सिसी क्यामेरा जडान गरिएको हो। गाउँपालिकाको कार्यालयमा पनि कार्यसम्पादन चुस्त र पारदर्शी बनाउन क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले जानकारी दिए।
नगरोन्मुख धकधई बजारमा आपराधिक घटना हुन नदिन तथा भएमा अनुसन्धान सहज बनाउन क्यामेराले निगरानी गरिने उनले बताए।
हाललाई सिसी क्यामेरा नियन्त्रण गर्ने प्रणाली गाउँपालिकामा रहे पनि यसको सञ्चालनका लागि प्रहरीसँग समेत समन्वय गरिने अध्यक्ष यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।