सुर्खेत- विद्यालयमा चट्याङ पर्दा सुर्खेतमा दुई विद्यार्थीको मृत्यु भएको छ।
सुर्खेतको चिङ्गाड गाउँपालिका–४ धनापानी मटेलास्थित मालिका प्राविको छानामा चट्याङ पर्दा कक्षा २ मा अध्ययनरत एक छात्रा र एक छात्रको मृत्यु भएको हो। चट्याङ परेको बेला कक्षाकोठाभित्रै रहेका ७ वर्षीया निर्मला चन्द र ६ वर्षीय अम्मर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
बिहान साढे ११ बजे परेको चट्याङ लागेर सात विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये दुई विद्यार्थी सामान्य उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।