काठमाडौं- नेपाली कांग्रेस निकटको नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनका लागि दुई पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारी घोषणा गरेका छन्।
जेठ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने महाधिवेसनमा वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पुष्कर आचार्यको समूहले उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ट्रेड युनियन नेताहरुले आफ्नो समूहका उम्मेदवारहरु छनोट गरेका हुन्। दाहाललाई देउवाको समर्थन छ भने पौडेलले आचार्यको समूहलाई साथ दिएका छन्। ४/४ वर्षमा हुनुपर्ने महाधिवेसन एक वर्ष ढिलो हुन लागेको हो।
अध्यक्षका प्रत्यासी दाहाल पुन: दोहोरिन तयारीमा छन् भने आचार्य उनलाई रोक्ने तयारीमा छन्। पौडेल पक्षबाट प्रत्यासी बनेका आचार्य २०७० को दोस्रो संविधानसभामा मनोनीत सभासद बनेका थिए।
खिलानाथ दाहाल प्यानलका उम्मेदवार:
पुष्कर आचार्य प्यानलका उम्मेदवार:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।