भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकाको पोखरभिण्डी माविका विद्यार्थीलाई सोलार टुकी वितरण गरिएकोे छ।
बिजुलीको अभावमा अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक ऊर्जा व्यवस्थापन प्रवद्र्धन केन्द्रबाट ‘शिक्षाको लागि उज्यालो कार्यक्रम’ अन्तर्गत गरिब एवं जेहेन्दार विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको हो।
पोखरभिण्डी माविका १ सय २४ विद्यार्थीलाई उक्त सोलार टुकी दिइएको विद्यालयका प्रधानाध्यापक सम्साद अहदम खाँले जानकारी दिए। कक्षा ९ र १० का सबै बिद्यार्थी र विद्यालयका दलित, जनजाति, आदिवासी विद्यार्थीले टुकी पाएका छन्।
टुकी वितरण गर्दै रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सरोजकुमार पाण्डेले गाउँपालिका मातहतका विद्यालयहरुमा शिक्षाको विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताए। उनले वडा नम्बर २ लाई नमूना वडा बनाइने र यसका लागि सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।