samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत ५, २०८२ Thu, Mar 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

मोटरसाइकलमा अन्तःशुल्क वृद्धि : मध्यम वर्गका उपभोक्ता मारमा, छुटको लाभ उद्योगीलाई मात्र

64x64
नेपाल लाइभ सोमबार, भदौ २८, २०७८  १९:५४
1140x725

काठमाडौं- सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत् दुई पाङ्ग्रे सवारीमा लाग्ने अन्तःशुल्क बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसद्‍मा प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा मोटरसाइकल/स्कुटरमा अन्तःशुल्क बढाइएको हो। 

विधेयकमा मोटरसाइकलको सेगमेण्टसमेत परिवर्तन गरिएको छ। तर, स्वदेशमै एसेम्बल हुने मोटरसाइकललाई भने अन्तःशुल्कमा ५० प्रतिशत छुट दिइएको छ। यसअघि २५ प्रतिशत छुटको व्यवस्था रहेकोमा प्रतिस्थापन विधेयकमार्फत् बढाएर ५० प्रतिशत पुर्‍याइएको हो।

प्रतिस्थापन विधेयकमा गरिएको व्यवस्थाअनुसार १२५ सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत, १२५ सीसीभन्दा माथि २०० सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत र २०० सीसीभन्दा माथि २५० सीसीसम्मका मोटरसाइकलमा ६० प्रतिशत अन्तःशुल्क लाग्नेछ। पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको थियो। 

यसैगरी, ५०० देखि ८०० सीसीसम्मका मोटरसाइकलमा सतप्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था प्रतिस्थापन विधेयकमा गरिएको छ। यसअघि यस्तो मोटरसाइकलमा लाग्ने अन्तःशुल्क ८० प्रतिशत थियो।

प्रतिस्थापन विधेयकमार्फत् मोटरसाइकलमा अन्तःशुल्क बढाइएकोप्रति व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। चाडपर्व नजिकिँदै गर्दा विभिन्न अफर सार्वजनिक गर्न थालेका बेला सरकारले अन्तःशुल्क बढाउने निर्णय गरेपछि उनीहरू असन्तुष्ट देखिएका हुन्। यद्यपि, स्वदेशमै एसेम्बल हुने सवारीलाई छुट प्रदान गर्ने व्यवस्था भने सकारात्मक भएको व्यवसायीले बताएका छन्।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आइतबार विज्ञप्ति जारी गरी प्रतिस्थापन विधेयकमार्फत् बजेटले मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दै सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा वृद्धि गरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ। नाडाले अधिकांश मध्यमवर्गका उपभोक्ताले प्रयोग गर्ने मोटरसाइकलमा अन्तःशुल्क बढाउनु सान्दर्भिक नहुने भन्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।

‘आजको यस्तो कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारीसाधनहरू प्रायः प्रयोग नहुने सन्दर्भमा मोटरसाइकल जस्ता निजी सवारीसाधनहरूले बिरामीलगायत आवश्यक उपभोग्य वस्तुहरू समेतको ओसारपसार गर्नुपर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्यधिक वृद्धि भएको छ। त्यसैले सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नुपर्ने देखिन्छ,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मोटरसाइकलको सेगमेण्टमा भइरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभइ अलमलमासमेत पर्ने देखिएकोले गत वर्ष कायम गरेको सेगमेण्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि हामी सरकारसँग अनुरोध गर्दछौं।’

स्वदेशमै उत्पादन हुने सवारीका लागि अन्तःशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएकोमा भने नाडाले स्वागत गरेको छ। यो निर्णय नेपालमा एसेम्बलिङ उद्योग खोल्नका लागि कोशेढुंगा सावित हुने नाडाको विश्वास छ। 

Ncell 2
Ncell 2

मूल्यवृद्धिको मारमा मध्यम वर्गका उपभोक्ता
सरकारले अन्तःशुल्क बढाएसँगै नेपालमा आयात हुने दुई पांग्रे सवारीसाधनको मूल्य बढ्ने भएको छ। व्यवसायीका अनुसार दुई पांग्रे सवारीमा १५ देखि ३० हजार रूपैयाँले मूल्य बढ्ने देखिएको छ। यसको प्रत्यक्ष मारमा मध्यम वर्गका उपभोक्ता पर्ने व्यवसायीको भनाइ छ। 

नेपालमा १२५ देखि २५० सीसीका मोटरसाइकल सबैभन्दा धेरै बिक्री हुने गरेको तथ्यांक छ। यो सेगमेण्टको मोटरसाइकल चढ्ने अधिकांश मध्यम वर्गका उपभोक्ता हुन्। सरकारले यही वर्गलाई मारमा पर्ने गरी अन्तःशुल्क बढाएको व्यवसायीको आरोप छ।

‘मोटरसाइकल विलासी वस्तु पनि होइन। अहिले महामारीको बेला झन् मोटरसाइकल सबैभन्दा उपयोगी साधन बनेको छ। मध्यम वर्गले चढ्ने मोटरसाइकलमा अन्तःशुल्क बढाउने यो निर्णय फिर्ता हुनुपर्छ,’ एक व्यवसायीले भने।

सरकारको निर्णयले कोरोना महामारीको मारमा परेका बेला मोटरसाइकल किन्न चाहने ग्राहक थप प्रभावित बन्ने देखिएको ती व्यवसायी बताउँछन्। ‘अन्तःशुल्क बढेपपछि हामीले त मूल्य बढाउनैपर्छ। त्यो बढेको मूल्यको भार सोझै ग्राहकलाई पर्ने हो,’ उनले भने।

हालसम्म नेपालमै एसेम्बल हुने मोटरसाइकल बजाज र टीभीएस ब्राण्डका मात्रै हुन्। अन्य ब्राण्डका मोटरसाइकल आयात गरेर नेपालमा बिक्री गरिँदै आएको छ। त्यसैले बजाज र टीभीएसबाहेक अन्य ब्राण्डका मोटरसाइकलको मूल्य बढ्ने छ।

यामाहाले पनि यही एसेम्बल प्लान्ट खोल्ने तयारी गरिरहेको छ। यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजका एक अधिकारीका अनुसार एक वर्षभित्र एसेम्बलिङ प्लान्ट तयार गर्ने गरी काम भइरहेको छ। अन्तःशुल्कमा छुटसहितको सुविधा दिएपछि अन्य कम्पनी पनि नेपालमै एसेम्बल गर्न आकर्षित हुने सरकारको अपेक्षा छ।

एमएडब्लू इन्टरप्राइजेजका एक अधिकारीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु राम्रो भए पनि सेगमेण्ट परिवर्तन गरेर मोटरसाइकल आयातमा अन्तःशुल्क बढाउनु व्यावहारिक नभएको बताए। ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु राम्रो कुरा हो। तर, आयातित मोटरसाइकललाई अन्तःशुल्क बढाएर प्रतिस्पर्धालाई निरूत्साहित गरेको छ, उपभोक्तालाई च्वाइस गर्न पाउने अवसरबाट वञ्चित गर्ने काम सरकारले गरेको छ,’ ती अधिकारीले भने।

छुटको लाभ उद्योगीलाई मात्रै!
सरकारले नेपालमै एसेम्बल गरी बिक्री गर्ने सवारी साधनलाई अन्तःशुल्कमा २५ प्रतिशत छुट दिँदै आएको थियो। उनीहरुलाई आयकरमासमेत छुट दिँदै आएको छ। प्रतिस्थापन विधेयकमार्फत् अन्तःशुल्कमा दिइने छुटलाई ५० प्रतिशत पुर्‍याइएको छ।

स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न सरकारको यो नीति सकारात्मक भए पनि छुटको सुविधाबाट उद्योगीले मात्र लाभ उठाइरहेको व्यवसायीहरू बताउँछन्। 

‘छुट सुविधा उपयोग गरिरहेका उद्योगबाट ग्राहक र समग्र अर्थतन्त्रमा कस्तो लाभ पुगेको छ भन्ने हेर्न जरुरी छ,’ एक व्यवसायी भन्छन्, ‘ती उद्योगका मोटसाइकल ग्राहकले सस्तो मूल्यमा उपभोग गर्न पाएका छैनन्। अर्थतन्त्रमा कति योगदान गर्‍यो, कतिले रोजगारी पाए? त्यसको मूल्यांकन हुनुपर्छ।’

त्यसो त महालेखापरीक्षकको कार्यालयले समेत छुट सुविधा दिइएका उद्योगबाट उपभोक्ताले लाभ पाउन नसकेको भन्दै प्रश्न उठाएको छ। महालेखापरीक्षकको कार्यालयले आफ्नो ५८औं प्रतिवेदनमा उक्त विषय औंल्याएको छ। सरकारबाट अन्तःशुल्क र आयकर छुट लिए पनि ती उद्योगले ग्राहकलाई महँगो मूल्यमा सवारीसाधन बिक्री गरिरहेकोप्रति महालेखाको प्रतिवेदनमा प्रश्न उठाइएको छ।

तर, अर्थमन्त्री शर्माले भने स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न छुटको व्यवस्था गरिएको प्रस्टीकरण दिएका छन्।

‘स्वदेशी उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापनको लक्ष्यमा सहयोग पुर्‍याउने खालका उद्योगहरूलाई छुट दिइएको हो,’ आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन दिँदा राजस्व पनि बढ्छ। दीर्घकालीन हिसाबले देशलाई फाइदा हुन्छ।’

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १९:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री कार्कीले गरिन् रारा तालको भ्रमण
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
प्रधानमन्त्री कार्कीले गरिन् रारा तालको भ्रमण बिहीबार, चैत ५, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने बिहीबार, चैत ५, २०८२
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट बिहीबार, चैत ५, २०८२
समानुपातिक सांसदलाई दिइयो निर्वाचित भएको प्रमाणपत्र बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान बुधबार, चैत ४, २०८२
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्