काठमाडौं- नेपालका लागि नेपाली अभियानका संयोजक तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'लाई पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका छन्।
एमसीसीसँगको सम्झौताको विरोधमा सोमबार खुलामञ्चमा जारी सभामा बोलेका भण्डारीले विप्लवलाई तस्बिर उपहार दिएका हुन्।
आफ्नो सम्बोधन अवधिभर एमसीसीको विरोध गरेका भण्डारीले सम्बोधनको अन्तिममा विप्लवलाई तस्बिर उपहार दिन लागेको बताएका थिए।
सुरेन्द्र भण्डारी।
'तपाईंहरु सबैले ताली बजाइदिनुहोला। म कमरेड विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार दिनेछु', उनले भनेका थिए।
राजावादी भनेर आलोचित हुने गरेका भण्डारीले आफ्नो सम्बोधन सकेर मञ्चमा फर्किए लगत्तै आफूले ल्याएको तस्बिर विप्लवलाई हस्तान्तरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।