सांसद कोमल ओली।
काठमाडौं- नेकपा एमालेले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै राष्ट्रिय सभामा विरोध गरेको छ। सोमबारको दोस्रो बैठकमा समय लिएर बोलेकी कोमल ओलीले सभामुख सापकोटाको भूमिकालाई लिएर आलोचना गरेकी थिइन्।
माओवादीले कारबाही गरेका सांसद्हरु तत्काल पदमुक्त भएका तर, एमालेका सांसद्लाई भने पदमुक्त नगरिएको भन्दै उनले असन्तुष्टि जनाइन्।
'न्याय भनेको कसैलाई लागू हुने र कसैलाई लागू नहुने हुन सक्छ र? यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मा लिन सक्नहुन्छ? खुट्टी हेरेरै पत्याइयो। व्यवहारले नै पत्याइयो', उनले भनिन्।
सभामुख जस्तो गरिमामय पदलाई आँच पुर्याएको हुँदा सापकोटालाई सभामुख भएर बस्ने अधिकार नभएको उनको भनाइ थियो।
एमालेका सांसद्हरुले आ-आफ्नो सिटमा उभिएर विरोध जनाइरहेको भएपनि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनको कारबाही अगाडि बढाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।