काठमाडौं- सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संवैधानिक परिषद्सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफूलाई सरिक गराएर सुनुवाइ गर्न माग गर्दै निवेदन दिएका छन्।
सोमबार पूर्व न्यायाधीश केसीले न्यायाधीश हरि फुयालको आदेशविरुद्ध आफूलाई सरिक गराइ सुनुवाइ गर्न माग गर्दै रिट दिएका हुन्।
उनले रिटमा आफू सरोकारवाला भएकाले सहभागी हुन पाउनुपर्ने जिकिर गरेका छन्।
रिटमा उनले अन्तरिम आदेश जारी गर्नसमेत माग गरेका छन्। 'गम्भीर संवैधानिक बाधा हुन्छ, यसले व्यक्तिलाई बाेल्न दिएको हक हनन हुन्छ,' उनले रिटमा उल्लेख गरेका छन्।
रिट सर्वोच्चमा पुगे पनि दर्ता भने भइसकेको छैन। निवेदन दर्ताका लागि प्रकृयामा रहेको रिट महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।