फाइल तस्बिर
काठमाडौं- राष्ट्रिय सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ। बैठक झण्डै १५ मिनेट बसेर स्थगित भएको हो।
सोमबार बसेको बैठकको सुरुआतमै बोलेका एमालेका भैरवसुन्दर श्रेष्ठले एमालेलाई फुटाउन अध्यादेश ल्याइएको र सभामुखको भूमिकालाई लिएर आलोचन गरेका थिए। उनले ती विषयमा प्रतिनिधि सभामा पनि कुरा उठेको र अवरोध भइरहेकाले चित्तबुझ्दो जवाफ नआउँदासम्म राष्ट्रिय सभालाई पनि अगाडि बढाउन नदिने आफ्नो दलको निर्णय सुनाएका थिए।
तर उनको सम्बोधनपछि पनि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सदनको कारबाही भने अघि बढाएका थिए। उनले ती विषय प्रत्यक्षरुपमा प्रतिनिधि सभाको विषय भएकाले राष्ट्रि सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तैपनि एमालेका सांसदहरु आ-आफ्नो सिटबाट उठेका थिए।
एमाले सांसदहरु उभिइरहेकै अवस्थामा अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट ठगेन्द्रप्रकाश पुरीलाई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्न समय दिएका थिए।
पुरीले प्रतिवेदन पेस गरेलगत्तै बैठक स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।